एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन | Khabarhub Khabarhub

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँको माइतीघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । प्रदर्शनकारीले एमसीसी चाइँदैन आमा बेच्न पाइँदैन, राष्ट्रघातीहरु होसियार, एमसीसी सांसदहरु होसियार लगायतका व्यानर प्रदर्शन गरेका थिए ।


प्रदर्शनमा सहभागीहरुले एमसीसी अहिलेको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताए ।

उनीहरुले एमसीसीलाई अघि बढाए चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : ३९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर