मन्त्रिपरिषद् विस्तारबारे आज पनि सत्तारुढ गठबन्धनको छलफल « Khabarhub

मन्त्रिपरिषद् विस्तारबारे आज पनि सत्तारुढ गठबन्धनको छलफल


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रीपरिषद् विस्तारबारे आज पनि सत्तारुढ गठबन्धनको छलफल हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता  डा.बाबुराम भट्टराई, उपेन्द्र यादवसहितको बैठक बस्न लागेको हो ।

आजको बैठकबाट मन्त्रालय भागबण्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीको स्थायी कमिटी बैठकमा जानकारी  गराएका थिए ।

मन्त्रालय भागबण्डा मिले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पारेर मात्रै मन्त्रपरिषद् विस्तार गर्नु पर्ने मत कतिपय नेताले व्यक्त गरेका छन् ।

पछिल्लो अध्यादेशअनुसार फुटेका दल रोज्न पाउने समयावधि भदौ २२ सम्म निर्वाचन आयोगले दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्ने कोणबाट पनि छलफल भएको स्रोतले जनाएको छ ।

भर्खरै फुटेका दलबाट मन्त्री बन्ने आकांक्षी धेरै भएपछि जसपा र नेकपा एकीकृत समाजवादीमा दबाब छ । सत्तारुढ दलमै पनि मन्त्री बन्नेलाई व्यवस्थापन गर्न दबाब छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना