मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धन आज पनि छलफलमा | Khabarhub Khabarhub

मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धन आज पनि छलफलमा


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद् विस्तारबारे आज पनि सत्तारुढ गठबन्धनको छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरु छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता  डा.बाबुराम भट्टराई, उपेन्द्र यादवसहितको बैठक बसिरहेको देउबाका स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।

आजको बैठकबाट मन्त्रालय भागबण्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीको स्थायी कमिटी बैठकमा जानकारी  गराएका थिए ।

मन्त्रालय भागबण्डा मिले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पारेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्नु पर्ने मत कतिपय नेताले व्यक्त गरेका छन् ।

पछिल्लो अध्यादेशअनुसार फुटेका दल रोज्न पाउने समयावधि भदौ २२ सम्म निर्वाचन आयोगले दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्ने कोणबाट पनि छलफल भएको स्रोतले जनाएको छ ।

भर्खरै फुटेका दलबाट मन्त्री बन्ने आकांक्षी धेरै भएपछि जसपा र नेकपा एकीकृत समाजवादीमा दबाब छ । सत्तारुढ दलमै पनि मन्त्री बन्नेलाई व्यवस्थापन गर्न दबाब छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ३० बजे

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि