मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश « Khabarhub

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ ।

०७५ भदौ १४ मा मुक्तिनाथ विकास बैंकलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाउनले लक्ष्य राखेको छ ।

कम्पनीले युवाको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित काम गरिरहेको जनाएको छ । हालसम्म कम्पनीले १५ वटा भन्दा बढि जिल्लाहरुमा आधिकारीक व्यावसायिक साझेदार निर्माण गरी ५० वटा भन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको छ ।

कृषकहरुलाई समयानुकुलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायतका अभियानहरु संचालन गर्दे आएको कम्पनीले जनाएको छ ।

तेस्रो वार्षिक उत्सवको अवसरमा आ.व. २०७७/०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार गर्ने विभिन्न कम्पनी/फर्म/कृषक समुहहरुलाई पुरस्कृत गरेको छ ।

जसअन्तरगत गणपति एग्रिकल्चर प्रा.लि., धादिङ लाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमान्डौलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरिएको छ ।

साथै कम्पनीको सेवामा रहि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्किृत गरी थप हौसला प्रदान गर्ने काम भएको छ ।

चौथो वर्ष प्रवेश गर्दे गर्दा कम्पनीले गरेका असल कार्यहरुलाई निरन्तरता दिँदै, यसै वर्षदेखि देशभरी नै व्यवसाय विस्तार गर्नको लागि स्थानिय कम्पनी/फर्म/एग्रोभेट/कृषक समुह/सहकारीहरुसँग संस्थागत सहकार्य गर्दे कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजि र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी अग्रपंक्तिमा रहि काम गर्ने कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : १५ बजे

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका