ईपीएल विजेताले ५० लाख पाउने « Khabarhub

ईपीएल विजेताले ५० लाख पाउने


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ ।

आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस संस्करणको खेलमा इपिएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ । अघिल्लो संस्करणको विजेता टोलीले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गरेको थियो । अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना