काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५३७ कोरोना संक्रमितको आईसीयूमा र १६४ को भेन्टिलेटरमा गरी कुल ७०१ जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९७ जना आईसीयूमा र ४२ भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी प्रदेश २ मा ४ जना आइसीयूमा, बागमती प्रदेशमा ३०८ जना आईसीयूमा र १०० जना भेन्टिलेटरमा उपचारत छन् ।
त्यस्तै गण्डकी प्रदेशमा ८४ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ३४ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया