ग्लोबल आईएमई बैंकद्वारा बाढी पीडितलाई राहत वितरण « Khabarhub

ग्लोबल आईएमई बैंकद्वारा बाढी पीडितलाई राहत वितरण


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेडले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएकोे विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ।

बाढीबाट घरबारविहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको जनाएको छ।

बैंकले विपतबाट प्रभावित नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो।

बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्रीहरु वितरण गरिएको थियो।

ग्लोबल आइएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता तथा रामग्राम नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष गोपाल डिस्वा मगरको रोहवरमा राहत सामग्रीहरु पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरियो।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आइपर्ने बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक विपत्तिहरुको समयमा सहयोग गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ३२ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने