योगका पिता महर्षि पतञ्जली को हुन् ? « Khabarhub

योगका पिता महर्षि पतञ्जली को हुन् ?


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पतञ्जली प्राचीन समयका महान आध्यात्मिक अगुवा हुन्, जसले आध्यात्मिक बाटोमा दिशानिर्देश गर्नका लागि ‘योगसूत्र’को रचना गरे। उनले विभिन्न चरण व्याख्या गर्दै अनन्तसम्म पुग्न हरेक व्यक्तिले अन्तर्यात्रा गर्नुपर्ने उल्लेख गरेका छन्। एउटा नीतिकथाअनुसार उनी आकाशबाट सर्पको रुपमा आइमाईको हातमा खसेको हुनाले उनको नाम ‘पतञ्जली’रहन गएको हो।

पतञ्जलीको जीवन इतिहास करिब–करिब अज्ञात जस्तै छ। यो पूरापुर कहानी र विरोधाभाषले भरिएको छ। पतञ्जलीको जन्मको बारेमा त्यस्तो स्पष्ट प्रमाण कतै भेटिँदैन।

पतञ्जलीको जन्ममितिबारे उल्लेख गरिएको मितिमा एकरुपता पाइँदैन। अधिकांश विद्वानहरुले पतञ्जलीको जन्म ईशापूर्व तेस्रो शताब्दीमा भएको उल्लेख गरेका छन् भने अन्य विद्वानहरुले भने उनको जन्म ईशापूर्व चौथो शताब्दीमा भएको जनाएका छन्। पछिल्ला लेखकहरुले पतञ्जलीबारे आफ्नै तरिकाले व्याख्या गरेकाले अन्योल रहेको भेटिन्छ। उनी नेपाल, कश्मीर, श्रीलंका र भारतमा विभिन्न स्थानमा बस्ने गर्थे भनी विभिन्न धार्मिक ग्रन्थमा ल्लेख भएको पाइन्छ।

पतञ्जलीको बारेमा मत्स्य, वायु र स्कन्द पुराणमा व्याख्या गरिएको छ, जसअनुसार उनी व्यास र पाणिनीका समकालीन हुन भन्न सकिन्छ। भनिन्छ, परापूर्व कालमा ऋषिहरु योगको अपार शक्तिले गर्दा हजारौं वर्षसम्म बाँच्ने गर्थे। उनीहरुसँग इच्छाअनुसार बाँच्न र मर्न सक्ने व्यापक क्षमता थियो। यही कारणले गर्दा वर्तमान समयसम्म पनि ऋषिको उपस्थिति महसुस गर्न सकिन्छ। पुराणमा ऋषिहरुको कुनै निश्चित उमेर नै नहुने भनी उल्लेख छ। पतञ्जली पनि त्यस्तै शक्तिशाली ऋषि थिए। अधिकांश अनुसन्धाताले अहिलेसम्म पनि पतञ्जलीकै योगसूत्रमा आधारित रहेर आफ्नो काम गर्दै आएका छन्। यद्यपि, पतञ्जली आफैं चाहिँ धेरै पहिलेको समयमा बाँचेका हुन सक्छन्।

पतञ्जलीको आध्यात्मिक शक्ति र जन्मका बारेमा विभिन्न कथाहरु रहेका छन्। तर, सत्य चाहिँ के हो भने उनको जीवनको बारेमा कसैलाई धेरै जानकारी छैन, उनी बाँचेको बेला पनि होइन। तथापि, हामी उनलाई उनको कामबाट चिन्ने गर्छौ।

महर्षि पतञ्जली भगवान विष्णुको ‘नागस्वरुप’ आदिशेषका रुपमाका रहेका थिए भन्ने विश्वास गरिन्छ, जसलाई विष्णुको पहिलो अहम् विस्तार पनि मानिन्छ। प्राचीन ग्रन्थहरुका अनुसार पतञ्जलीलाई हजारौं टाउका भएका नागराज, जसलाई अनन्त शेष भनिन्छ, का अवतार मानिन्छ। त्यही भएर कतैकतै उनलाई आधा मानव र आधा नागको रुपमा पनि चित्रण गरिएको पाइन्छ।

पतञ्जलीलाई आधुनिक योगका पिता र योगसूत्रका प्रणेता मानिन्छ। प्राचीन समयमा हजारौं वर्षसम्म योग मौखिक परम्पराबाट हस्तान्तरण हुँदै आएको थियो। पतञ्जली योग हिन्दु दर्शनमा एउटा चर्चित दर्शन हो। पतञ्जलीले धेरै पुराना ज्ञानबाट योगलाई संश्लेषित र व्यवस्थित गरे। योगसूत्र शास्त्रीय योगदर्शनको आधारभूत टेक्स्टमध्ये एक हो।

महर्षि पतञ्जलीलाई योगसूत्रको कम्पाइलर र पाणिनीको अष्टध्यायीको महाभाष्यकर्ता (टिप्पणीकार) मानिन्छ। योगसूत्रको चार च्याप्टरमा १ सय ९६ संस्कृत सूत्रहरु व्यवस्थित गरिएको छ। योगसूत्र ईशापूर्व ५ सय र २ सय संग्रह गरिएको थियो। विषयअनुसार पतञ्जली योगसूत्रका चार च्याप्टरलाई विषयअनुसार समाधि पाद, साधना पाद, विभूति पाद र कैवल्य पाद भनी नामकरण गरिएको छ।

पतञ्जली योगसूत्रको पहिलो च्याप्टरमा रहेको समाधि पादले योगको परिभाषा र उद्देश्यबारे व्याख्या गर्छ। दोस्रो च्याप्टरमा रहेको साधनापादले योगको लक्ष्य प्राप्त गर्ने आठ मार्ग (अष्टांग योग) को बारेमा व्याख्या गर्छ। अष्टांग योगमा यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको बारेमा चर्चा गरिएको छ। कैवल्य पादमा भक्ति, कर्म र ज्ञानको मार्गबारे व्याख्या गरिएको छ। पतञ्जलीको योगसूत्रलाई कतिपयले राजयोग भनी सम्बोधन गरेको पाइन्छ।

अष्टांग योगअन्तर्गत यम भन्नाले समाजमा पालना गर्नुपर्ने आचारसंहिता भन्ने बुझिन्छ। नियम आफूलाई अनुशासित राख्ने अपनाउनुपर्ने गाइडलाइन हो। योग–ध्यान गर्दा अपनाइने शरीरको अवस्थालाई आसन भनिन्छ। प्रणायाममा प्राणशक्तिलाई नियन्त्रणमा राखिन्छ। प्रत्याहार आफ्नो इन्द्रियहरुलाई काबुमा राख्न सक्नु हो। धारणा भन्नाले कुनै वस्तुमा एकाग्रता रहनु हो। ध्यान अन्तर्यात्राको मुख्य माध्यम हो। समाधि भन्नाले परमात्मासँग एकाकार हुने अवस्था हो।

पछिल्लो समय पतञ्जलीको योगसूत्रलाई विभिन्न भाषामा बृहत् व्याख्या गरिएको पाइन्छ। उनले आयुर्वेदका किताब पनि लेखेका छन्। पतञ्जलीको शिक्षालाई गहन र प्रेरणादायी मानिन्छ। त्यही भएर पनि उनी हजारौं वर्षदेखि सबैका स्मरणीय बनेका छन्।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : ५९ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट