तेह्रथुम : पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई « Khabarhub

तेह्रथुम : पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा सहिदभूमि गाउँपालिकालाई शून्यविरुद्ध १ गोलले पराजित गर्दै म्याङलुङले उपाधिमाथि कब्जा जमाएको हो।

फाइनल खेलको २६औँ मिनेटमा म्याङलुङका मोहन तामाङले गरेको एक मात्र गोलले भाग्य निर्धारण गरेको थियो । म्याङलुङले उपाधिसँगै १ लाख नगद, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ ।

उपविजेता सहिदभूमिले नगद ५० हजार प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ । विजेता र उपविजेता टिमलाई लालिगुराँस नगपालिकाका मेयर अर्जुन माबोहाङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता ७ कात्तिकबाट सुरु भएको थियो ।

प्रतियोगितामा तेह्रथुमसहित धनकुटा, संखुवासभा, मोरङका ११ पालिकाको सहभागिता थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ५७ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको