जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप-२६ आज सुरु हुँदै « Khabarhub

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप-२६ आज सुरु हुँदै


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ ।

सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् ।  १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजारभन्दाबढी सहभागी हुँदैछन् ।

ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै ग्लास्गो सहरमा आयोजना हुने कार्यक्रम थियो । तर, कोभिडको कारण स्थगित भएको थियो । २५औं सम्मेलन सन् २०१९ मा स्पेनमा भएको थियो ।

विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने  विषयमा छलफल र आवश्यक रणनीति चाल्नु सम्मेलनको मुख्य उद्देश्य हो। सम्मेलनका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछन् ।

जलवायु परिवर्तनबारे पेरिस सम्झौता भएको ६ वर्षपछि विभिन्न देशले  जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्नेछन् । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न कोप–२१ सम्मेलनमा सहभागी १९६ मुलुकले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए । विश्व तापमान वृद्धिलाई १ दशमलब ५ डिग्री सेल्सियसमा झार्ने सहभागी राष्ट्रले प्रतिबद्धता जनाएका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट हात झिकेपछि यसको कार्यान्वयनमा ठूलो समस्या उत्पन्न भएको थियो । वर्तमान  जो वाइडनले सत्ता सम्हालेसँग फेरि सो सम्झौतामा जोडिएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : २८ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै