मृतकका परिवारलाई ३० लाख सहयोग « Khabarhub

मृतकका परिवारलाई ३० लाख सहयोग


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो ।

विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –११ स्थित चिउरीखोलामा ना१त ६२८२ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घर ढलान गरेर फर्किँदै गरेका छ मजदुरको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । नगर प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको जानकारी दिए ।

पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एक मृतकका दुईवटी श्रीमतीतर्फ चार छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने व्यवस्था गरिएको उनले बताए । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालयका रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

राप्ती नगरपालिकाले रु १५ लाख, खैरहनी नगरपालिकाले रु पाँच लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी सङ्घले रु चार लाख, ठेकेदारले रु चार लाख र ट्र्याक्टरधनीले रु दुई लाख गरी रु ३० लाख जम्मा गरेर सहयोग गरेको जनाइएको छ ।

राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले दुर्घटनाका घाइतेको उपचारमा रु ५० लाखभन्दा बढी खर्च भएको बताए। सो खर्च ट्र्याक्टर धनी, ठेकेदार र व्यवसायी सङ्घसँग समन्वय गरी उपचार गरिएको जानकारी दिए । उनकाअनुसार जनप्रतिनिधिका समन्वयमा अस्पतालबाट रु सात लाख बराबरको छुट गराइएको छ।

राप्ती–११ को वडा कार्यालय भवन ढलानको काम सकेर फर्किँदै गरेका कामदार सवार ट्र्याक्टर दुर्घटना हुँदा राप्ती –५ का ३५ वर्षीय खड्क लामा, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, खैरहनी–९ कै ५० वर्षीया छनिया महतो र मकवानपुरको राक्सीराङका एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : ३८ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट