टोङ्गामा एक जनालाई कोभिड देखिएपछि लकडाउनको तयारी « Khabarhub

टोङ्गामा एक जनालाई कोभिड देखिएपछि लकडाउनको तयारी


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ ।

महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन् । त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित छ । महामारीका कारण प्राय देशको अर्थतन्त्र चौपट परेको छ । तर, संसारमा एउटा मात्र देश छ जहाँ पहिलो पटक एक जनामा कोभिड देखिएको छ ।

प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भए यताकै पहिलो कोभिड संक्रमण पुष्टि भएको हो । न्युजिल्यान्डको उत्तर पश्चिममा अवस्थित टोङ्गा टापुको जनसंख्या एक लाख छ । अहिलेसम्म एकतिहाइले कोभिडको दुबै डोज खोप लगाएका छन् ।

तर, एक जनामा कोभिड देखिएपछि हजार्रौ मानिस खोप लगाउन हतारिएका छन् । खोप पाउने आशामा अहिले मानिसहरु खोप केन्द्रमा जम्मा भएका छन् । सरकारले मुख्य टोङ्गा टापुमा लकडाउनको तयारी गरेको छ । प्रधानमन्त्री पोहिभा तुएनिटोआले केही दिनमै लकडाउन हुने बताएका छन् ।

कसरी सर्‍यो भाईरस ?
टोङ्गाको स्वाथ्य मन्त्रालयका अनुसार पूर्ण खोप लगाएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उनी न्युजिल्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ यात्रुमध्ये एक हुन् । उनी घर फर्किदै थिए । सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ११ : १० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ