आर्थिक विकासका राजनीतिक स्थिरता अपरिहार्यः सीएनआई « Khabarhub

आर्थिक विकासका राजनीतिक स्थिरता अपरिहार्यः सीएनआई


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ ।

सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समयसापेक्ष नीतिगत सुधार गरिनुपर्ने बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग आज समसामयिक विषयको छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थिरता चाहिने बताए ।

उनले भने, ‘नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या भइरहेको छ, त्यसैले औद्योगिकीकरण अर्थतन्त्रको गुरु मन्त्र भएकाले यसले अर्थतन्त्र बढ्नाका साथै पूँजी पनि वृद्धि हुनेछ ।’

अध्यक्ष अग्रवालले कोभिडपछि अर्थतन्त्रका केही क्षेत्रमा अवस्था सामान्य बन्दै गएको भए पनि अझै एयरलाइन्स, होटेल आदि व्यवसायमा असहज परिस्थिति रहेकाले अर्थतन्त्रको विकासका लागि चुनौती रहेको औँल्याए ।

सीएनआईका निवर्तमान अध्यक्ष शतिशकुमार मोरले मुलुकको राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नकारात्मक असर पार्नसक्ने खतरा औँल्याउँदै समयसापेक्ष नीतिगत सुधार गरेर अर्थतन्त्रलाई गतिशील बनाउन जरुरी भएको उल्लेख गरे ।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्नु सकिने धारणा राखे ।

 

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ३७ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा