लेबनानविरुद्ध अभिषेक र मनिषले अग्रपंक्ति सम्हाल्ने « Khabarhub

लेबनानविरुद्ध अभिषेक र मनिषले अग्रपंक्ति सम्हाल्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले केही समयपछि लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् ।

लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गर्नेछन् । नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउँदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान दुई खेलबाट ६ अंक छ । नेपाल र लेबनान भने अंकविहीन छन् । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले स्तब्ध भएको थियो ।

नेपालको सुरुआती ११

गोलरक्षक– अर्पण कार्की (कप्तान)
डिफेन्डर– सुमन अर्याल, सुरजजिउ ठकुरी, राजन गुरुङ, सेसेहाङ आङ्देम्बे

मिडफिल्डर– नितिन थापा, दर्शन गुरुङ, एरिक विष्ट

स्ट्राइकर– आयुष घलान, मनिष डाँगी, अभिषेक रिजाल

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ४२ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको