प्रधानन्यायाधीश राणाकोमात्र इजलास बस्यो, सैनिक अदालतको क्षेत्राधिकारसम्बन्धी रिटमा अन्तरिम आदेश « Khabarhub

प्रधानन्यायाधीश राणाकोमात्र इजलास बस्यो, सैनिक अदालतको क्षेत्राधिकारसम्बन्धी रिटमा अन्तरिम आदेश


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गरेको र नेपाल बारले विरोध प्रदर्शन गरिरहेका बेला आइतबार सर्वोच्च अदालतमा एकमात्र इजलासमा सुनुवाई भयो ।

प्रधानन्यायाधीश राणाको इकल इजलासमा चितवन जिल्ला अदालतले गरेको सैनिक अदालतको क्षेत्राधिकार सम्बन्धी रिटमा सुनुवाइ भयो । सुनुवाईपछि राणाको एकल इजलासले अन्तरिम आदेशसमेत दिएको छ ।

प्रधानन्यायाधीश राणाले आइतबार १० वटा इजलास तोकेका थिए । तर, प्रधानन्यायाधीशबाहेकका अन्य न्यायाधीशहरुले राणाले तोकेको इजलासमा नबस्ने निर्णय लिए । उनीहरुले अघिल्लो हप्तादेखि नै इजलासमा सुनुवाई गरेका छैनन् ।

अन्य इजलासमा सुनुवाई नभए पनि प्रधानन्यायाधीश राणाले महान्यायाधीवक्ताको कार्यालयले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अन्तरिम आदेश दिएका हुन् । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सो रिटमा महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता डा. टेकबहादुर घिमिरेले बहस गरेको जानकारी दिए । बार पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा रहेकाले अन्य कानून व्यवसायीले भने बहस गरेनन् ।

चितवनमा सेनाका एक जवानले आफ्नै सहकर्मीको हत्या गरेको कर्तव्य ज्यान मुद्दाको अभियोजन भई जिल्ला अदालतमा मुद्दा चलिरहेका बेला सेनाले एक पत्र पठाउँदै सो मुद्दा सैनिक अदालतको क्षेत्राधिकार भित्र पर्ने भन्दै मिसिल मगाएको थियो ।

सेनाको सो पत्रपछि जिल्ला अदालत चिवतनले सो मुद्दा सैनिक अदालतको कार्यक्षेत्रमा पर्ने फैसला सुनाएको थियो ।

जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत हटौंँडा गरिएको पुनरावेदनमा पनि जिल्ला अदालतकै फैसला सदर भएको थियो । यसपछि भने महान्यायाधीवक्ताको कार्यालय रिट लिएर सर्वोच्च गएको महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : ०८ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले