प्रधानन्यायाधीश राणाकोमात्र इजलास बस्यो, सैनिक अदालतको क्षेत्राधिकारसम्बन्धी रिटमा अन्तरिम आदेश | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणाकोमात्र इजलास बस्यो, सैनिक अदालतको क्षेत्राधिकारसम्बन्धी रिटमा अन्तरिम आदेश


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गरेको र नेपाल बारले विरोध प्रदर्शन गरिरहेका बेला आइतबार सर्वोच्च अदालतमा एकमात्र इजलासमा सुनुवाई भयो ।

प्रधानन्यायाधीश राणाको इकल इजलासमा चितवन जिल्ला अदालतले गरेको सैनिक अदालतको क्षेत्राधिकार सम्बन्धी रिटमा सुनुवाइ भयो । सुनुवाईपछि राणाको एकल इजलासले अन्तरिम आदेशसमेत दिएको छ ।

प्रधानन्यायाधीश राणाले आइतबार १० वटा इजलास तोकेका थिए । तर, प्रधानन्यायाधीशबाहेकका अन्य न्यायाधीशहरुले राणाले तोकेको इजलासमा नबस्ने निर्णय लिए । उनीहरुले अघिल्लो हप्तादेखि नै इजलासमा सुनुवाई गरेका छैनन् ।

अन्य इजलासमा सुनुवाई नभए पनि प्रधानन्यायाधीश राणाले महान्यायाधीवक्ताको कार्यालयले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अन्तरिम आदेश दिएका हुन् । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सो रिटमा महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता डा. टेकबहादुर घिमिरेले बहस गरेको जानकारी दिए । बार पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा रहेकाले अन्य कानून व्यवसायीले भने बहस गरेनन् ।

चितवनमा सेनाका एक जवानले आफ्नै सहकर्मीको हत्या गरेको कर्तव्य ज्यान मुद्दाको अभियोजन भई जिल्ला अदालतमा मुद्दा चलिरहेका बेला सेनाले एक पत्र पठाउँदै सो मुद्दा सैनिक अदालतको क्षेत्राधिकार भित्र पर्ने भन्दै मिसिल मगाएको थियो ।

सेनाको सो पत्रपछि जिल्ला अदालत चिवतनले सो मुद्दा सैनिक अदालतको कार्यक्षेत्रमा पर्ने फैसला सुनाएको थियो ।

जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत हटौंँडा गरिएको पुनरावेदनमा पनि जिल्ला अदालतकै फैसला सदर भएको थियो । यसपछि भने महान्यायाधीवक्ताको कार्यालय रिट लिएर सर्वोच्च गएको महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : ०८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने