एक दर्जनबढी बाटो बाढीले बगाउँदा जोखिम मोलेर यात्रा « Khabarhub

एक दर्जनबढी बाटो बाढीले बगाउँदा जोखिम मोलेर यात्रा


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– कात्तिकको पहिलो साता भएको अविरल वर्षाले बैतडीको सिगास गाउँपालिकामा विभिन्न ठाउँका बाटोहरू बगाएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सिगासका मुख्य बाटाहरू थलाकाडादेखि देउरा, बोहरीदेखि लेकम, फाङेपौडदेखि मसानीधार, भौनेली पातलदेखि वडा नम्बर ७ कार्यालय जानेलगायतका मुख्य बाटा र गाउँघरमा ओहोरदोहोर गर्ने अधिकांश बाटा भक्तिएका छन् ।

दुर्गम क्षेत्रका करिब १५ बाटो बाढीपहिरोले भत्काएको सिगास ७ लेकमका सुरेन्द्र साउदले बताए । ‘हाम्रो पालिका भित्र १५–२० बाटो बाढीपहिरोले बगाएको छ । गुणस्तरीय बाटो त कतै थिएन । तर, पनि हिँड्न सकिने बाटोहरू थिए । अधिकांश बाटोहरू बगेका छन् । केही बाटोको त नाम निसान नै मेटिने गरेर भत्किएका छन्,’ उनले भने ।

बाटो भत्किएपछि स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य भएको उनले बताए । वर्षाले सिगास ६ र ७ बाट बझाङ जिल्लाको देउरा बजार जाने मुख्य बाटो बगाएपछि समस्या भएको सिगास ६ का ईश्वर साउदले बताए । उनले भने, ‘हाम्रो मुख्य बजार भनेकै देउरा बजार हो । दैनिक उपभोग्य बस्तु, नुनतेल, खाद्यान्नदेखि निर्माण सामग्रीलगायत चाहिएका सबै सामान देउराबाटै ल्याउने गरेको थियौं । देउरा जाने बाटो ठाउँठाउँमा भत्किएपछि जोखिम मोलेर यात्रा गरिरहेका छौं ।’

बाटो भत्किएपछि स्थानीयवासी सेती नदीको माथि पट्टीको भीरबाट यात्रा गर्न बाध्य छन् । बाटो बिग्रिएसँगै बुढापाका, सुत्केरी महिला र बिरामी मान्छे ओहोरदोहोर गर्न सक्ने स्थिति छैन ।

ठाउँठाउँका बाटो भत्किएपछि सिगास गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ का गाउँका बासिन्दालाई बजारसम्म पुग्न मुस्किल भएको छ । ढुंगाडमा भने सेती नदीमाथीको पुल नै बाढीले बगाएपछि दैनिक उपभोग्य बस्तु ल्याउनका लागि दिनभर हिँड्नुपर्ने बाध्यता रहेको छ ।

विगतमा डोटीको आदर्श गाउँपालिकाका बजारबाट सामान ल्याउने गरेकोमा अहिले डडेलधुराबाट खच्चरमा सामान ल्याउनुपर्ने बाध्यता रहेको छ । खच्चरबाट सामान मगाउँदा एक केजीको १० रुपैयाँ तिर्नु परिरहेको स्थानीय राजेश चन्दले बताए ।

बाटो निर्माणमा कसैको ध्यान नगएको सिगास ७ का भीम बोहराले बताए । उनले भने, ‘बजारसम्म पुग्ने बाटोहरू सबै भत्किएकाले कहाँबाट सामान ल्याउने? के खाने ? भन्ने चिन्ता बढको छ । जसको घरमा युवाहरू छन् । उनीहरू त जोखिम मोलेर यात्रा गरी सामान ल्याउँछन् । असक्त व्यक्तिलाई निकै समस्या छ ।’ बाटो र पुल भत्किएदेखि समस्यामा परेको उनले बताए ।

सिगासका विभिन्न वडामा वर्षाका कारण पुगेको क्षतिबारे अवलोकन गर्न त्यहाँ पुगेका बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले सिगास बासीको समस्या समाधान गर्ने आश्वासन दिएकाछन् । उनले सिगासमा भएको सबै क्षति अध्ययनपछि संसदमा कुरा उठाउनुका साथै पुनर्निर्माणका लागि सकारका सबै सम्बन्धित निकायसँग पहल गर्ने बताए ।

सांसद भण्डारीको टोली एक हप्तादेखि सिगास भ्रमणमा रहेको छ । तीन दिनको वर्षाका कारण सिगासवासीको सात सय रोपनी धान खेत बगरमा परिणत भएको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ३९ बजे

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित