एक दर्जनबढी बाटो बाढीले बगाउँदा जोखिम मोलेर यात्रा « Khabarhub

एक दर्जनबढी बाटो बाढीले बगाउँदा जोखिम मोलेर यात्रा


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– कात्तिकको पहिलो साता भएको अविरल वर्षाले बैतडीको सिगास गाउँपालिकामा विभिन्न ठाउँका बाटोहरू बगाएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सिगासका मुख्य बाटाहरू थलाकाडादेखि देउरा, बोहरीदेखि लेकम, फाङेपौडदेखि मसानीधार, भौनेली पातलदेखि वडा नम्बर ७ कार्यालय जानेलगायतका मुख्य बाटा र गाउँघरमा ओहोरदोहोर गर्ने अधिकांश बाटा भक्तिएका छन् ।

दुर्गम क्षेत्रका करिब १५ बाटो बाढीपहिरोले भत्काएको सिगास ७ लेकमका सुरेन्द्र साउदले बताए । ‘हाम्रो पालिका भित्र १५–२० बाटो बाढीपहिरोले बगाएको छ । गुणस्तरीय बाटो त कतै थिएन । तर, पनि हिँड्न सकिने बाटोहरू थिए । अधिकांश बाटोहरू बगेका छन् । केही बाटोको त नाम निसान नै मेटिने गरेर भत्किएका छन्,’ उनले भने ।

बाटो भत्किएपछि स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य भएको उनले बताए । वर्षाले सिगास ६ र ७ बाट बझाङ जिल्लाको देउरा बजार जाने मुख्य बाटो बगाएपछि समस्या भएको सिगास ६ का ईश्वर साउदले बताए । उनले भने, ‘हाम्रो मुख्य बजार भनेकै देउरा बजार हो । दैनिक उपभोग्य बस्तु, नुनतेल, खाद्यान्नदेखि निर्माण सामग्रीलगायत चाहिएका सबै सामान देउराबाटै ल्याउने गरेको थियौं । देउरा जाने बाटो ठाउँठाउँमा भत्किएपछि जोखिम मोलेर यात्रा गरिरहेका छौं ।’

बाटो भत्किएपछि स्थानीयवासी सेती नदीको माथि पट्टीको भीरबाट यात्रा गर्न बाध्य छन् । बाटो बिग्रिएसँगै बुढापाका, सुत्केरी महिला र बिरामी मान्छे ओहोरदोहोर गर्न सक्ने स्थिति छैन ।

ठाउँठाउँका बाटो भत्किएपछि सिगास गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ का गाउँका बासिन्दालाई बजारसम्म पुग्न मुस्किल भएको छ । ढुंगाडमा भने सेती नदीमाथीको पुल नै बाढीले बगाएपछि दैनिक उपभोग्य बस्तु ल्याउनका लागि दिनभर हिँड्नुपर्ने बाध्यता रहेको छ ।

विगतमा डोटीको आदर्श गाउँपालिकाका बजारबाट सामान ल्याउने गरेकोमा अहिले डडेलधुराबाट खच्चरमा सामान ल्याउनुपर्ने बाध्यता रहेको छ । खच्चरबाट सामान मगाउँदा एक केजीको १० रुपैयाँ तिर्नु परिरहेको स्थानीय राजेश चन्दले बताए ।

बाटो निर्माणमा कसैको ध्यान नगएको सिगास ७ का भीम बोहराले बताए । उनले भने, ‘बजारसम्म पुग्ने बाटोहरू सबै भत्किएकाले कहाँबाट सामान ल्याउने? के खाने ? भन्ने चिन्ता बढको छ । जसको घरमा युवाहरू छन् । उनीहरू त जोखिम मोलेर यात्रा गरी सामान ल्याउँछन् । असक्त व्यक्तिलाई निकै समस्या छ ।’ बाटो र पुल भत्किएदेखि समस्यामा परेको उनले बताए ।

सिगासका विभिन्न वडामा वर्षाका कारण पुगेको क्षतिबारे अवलोकन गर्न त्यहाँ पुगेका बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले सिगास बासीको समस्या समाधान गर्ने आश्वासन दिएकाछन् । उनले सिगासमा भएको सबै क्षति अध्ययनपछि संसदमा कुरा उठाउनुका साथै पुनर्निर्माणका लागि सकारका सबै सम्बन्धित निकायसँग पहल गर्ने बताए ।

सांसद भण्डारीको टोली एक हप्तादेखि सिगास भ्रमणमा रहेको छ । तीन दिनको वर्षाका कारण सिगासवासीको सात सय रोपनी धान खेत बगरमा परिणत भएको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि