निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह « Khabarhub

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानवअधिकारको संरक्षण सम्बन्धमा आज नेपाल सरकारका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरी सुरक्षा व्यवस्था चुस्त बनाउन आग्रह गरिएको बताए ।

कार्यक्रममा आयोगका सदस्य, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

छलफलपछि आयोगले भनेको छ, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायातलगायत निर्वाचन सुरक्षासम्बन्धी सामग्रीहरूको यथोचित व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन गरिएको छ ।”

आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानवअधिकार संरक्षणका लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन आग्रह गरेका थिए ।

सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूले उनले सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुत निर्वाचन सम्पन्न गराउनका लागि उच्च मनोबलका साथ तयारी भइरहेको बताएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ८ : ५० बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा