साढे १७ बिगाहमा लगाइएको गाँजा नष्ट « Khabarhub

साढे १७ बिगाहमा लगाइएको गाँजा नष्ट


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले मकवानपुरमा साढे १७ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरेको छ ।

दुई दिने गाँजा नष्ट अभियान अन्र्तगत आइतबार मवानपुर कैलाश गाउँपलिका वडा नं ४ नामटार, डाँडा, कैलाश गाउँपालिका वडा नं ९ जलेस्वर, टिमुरे, खैरेनिटार र सोही गाउँपालिकाको वडा नम्बर १० को घैराङटारमा १७ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सो गाँजा नष्ट गर्न लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा ७२ जनाको प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ०१ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने