मिस लिटिल नेवाःहरुको भाषा र संस्कृति मोह « Khabarhub

मिस लिटिल नेवाःहरुको भाषा र संस्कृति मोह


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भर्खरकी देखिने किशोरीले दर्शकदीर्घामा रहेका व्यक्तित्वलाई फूलको वर्षा गर्दा एक ढंगको रोमान्चित वातावरण सिर्जना भएको थियो । त्यो क्षणको सिर्जना गर्ने अरु कोही नभएर मिस लिटिल नेवाः ११४१ ट्यालेन्ट शोकी प्रतिस्पर्धी नयना शाक्य थिइन् । काठमाडौँ कान्तिपथस्थित राष्ट्रिय नाचघरको स्टेजमा कुटुम्ब व्याण्डको संगीतसँगै त्यो वातावरण बनेको थियो ।

लगत्तै १४ नम्बरकी प्रतिस्पर्धी प्रनिधि मानन्धरले अंग्रजी भाषामा शिक्षाको आवश्यकता विषयमा बोलिरहँदा सबका सब दर्शहरु मन्त्रमुग्ध थिए । त्यसमाथि १५ नम्बरकी सिचु मानन्धरको हुलाउ नृत्यमा कलःबाट फूल छर्दै, कम्मरमा रिङ घुमाउँदै थालमाथि चढेर एकैचोटी प्रस्तुती दिइरहँदा नाचघरको दृश्य हेर्न लायकको थियो ।

अझ बाँसुरीले मालश्री धुन बजाइसकेर प्लेकार्डमा विभिन्न जातजातिहरुको सांस्कृतिक विविधता नै राष्ट्रियता हो भन्ने सन्देश प्रवाह गरिँदा सुनमा सुगन्ध थपिएको महसुस हुन्थ्यो । त्यस्तै, सारिका श्रेष्ठले भाषा, लिपि, कला, संस्कार र संस्कृतिको महत्व विषयमा करिव ३ मिनेटको मन्तव्य राखेकी थिइन् । प्रतियोगितामा सहभागी भएका अन्य किशोरीहरुले पनि आआफ्नै ढंगले क्षमता प्रस्तुत गरेका थिए ।

त्यसमध्ये नेवार भाषा नजानेकी दाङकी पाँच नम्बरकी प्रतिस्पर्धी सफलताले नेपाल भाषाको गीत प्रस्तुत गरेकी थिइन् । कोही मौलिक संस्कृति संरक्षण गर्नुपर्ने विचार राख्दै प्रस्तुत भएका देखिन्थे भने कोही नृत्य, गायन, चित्रकला तथा अभियन देखाउँदै थिए ।

भाषा, संस्कृति, संस्कार र ज्ञानलाई पुस्तान्तरण गर्ने उद्देश्यले नेपलिज फेसन होमले विगत १७ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको अध्यक्ष हेमा मानन्धरले बताइन् । नयाँ पुस्ताका किशोरीहरुलाई उभ्याउँदै उनीहरुभित्र सीमित रहेको क्षमता अभिवृद्धि गरी प्रस्फुटन गर्ने डबली बनाउँनकै लागि आफु नेपालमा बसेको उनको दाबी थियो । परिवारका अधिकांश सदस्यहरु विदशिए पनि आफू भने समूदायको पहिचान जोगाउने अभियानमा लागेको बताइन् ।

प्रतियोगितामा मिस नेवाःकी फस्ट रनरअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पल्पसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी छ । त्यस्तै मिस नेवाः सुनिता डंगोल र नितु डंगोलले नेपाल भाषाको प्रशिक्षण दिइरहेका छन् ।

आयोजक समितिले आउँदो कात्तिक २७ गते शनिबार नाचघरमा मिस लिटिल नेवाः ११४१ को मुख्य प्रतियोगिता गर्दैछ । यसअघि प्रतिस्पर्धी किशोरीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराएको थियो ।

मिस लिटिल नेवाः ११४१ मा सहभागी किशोरीहरु

१ नयना शाक्य
२ आर्या श्रेष्ठ
३ तिसा तण्डुकार
४ क्रिष्टिना महर्जन
५ सफलता श्रेष्ठ
६ सनिष्मा महर्जन
७ वितिशा कंसाकार
८ सिम्रिक श्रेष्ठ
९ एन्जिला महर्जन
१० इभानजलिना महर्जन
११ रिकिस्ना डंगोलु
१२ सलिष्का महर्जन
१३ प्रकृति महर्जन
१४ प्रनिधि मानन्धर
१५ सिचु मानन्धर
१६ सफलता श्रेष्ठ
१७ सान्भी श्रेष्ठ
१८ सारिका श्रेष्ठ
१९ आर्या खपे श्रेष्ठ
२० केभिया श्रेष्ठ
२१ दिमी श्रेष्ठ
२२ युनिका बादे

कार्यक्रममा सहभागी निर्णायक मण्डल तथा अतिथिहरु

१ मिस नेवाः ११४१ कृषा महर्जन
२ वल्र्ड क्योकुसिन काई कराँते फेडरेशनका उपाध्यक्ष अशोककुमार श्रेष्ठ
३ लायन्स अन्तर्राष्टिय डिष्ट्रिक ३२५ बी १ नेपालका भाइस डिष्ट्रिक गर्भनर मणि श्रीरत्न बज्राचार्य
४ लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालका क्षेत्रीय सभापति इन्द्ररत्न बज्राचार्य
५ नेपाल लिपि गुठीका उपाध्यक्ष अनिल स्थापित
६ प्रा. डा. हरिदर्शन श्रेष्ठ
७ मिस नेवाः नेपाल ११४१ की उपविजेता संगीता महर्जन
८ गायक तथा संगीतकार कन्हैया सिंह परियार ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : १५ बजे

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई