प्रदेश १ मा सोमबार गठबन्धनको सरकार बन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ « Khabarhub

प्रदेश १ मा सोमबार गठबन्धनको सरकार बन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनी खापुङले सोमबारपछि प्रदेश १ मा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका राज्यमन्त्री खापुङले यस्तो बताएका हुन् ।

‘प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखिनै भीम आचार्य अल्पमतमा परिसकेकोले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ, तर गठनबन्धन सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने भन्नेबारे मलाई जानकारी छैन,’ उनले भने । राज्यमन्त्री खापुङले एकीकृत समाजवादीबाट नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने दाबी गरे ।

यस्तै, स्वास्थ्य राज्यमन्त्री खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले स्वास्थ्यमन्त्री विरोध खतिवडासहित धरानका मेयर तिलक राई पनि सदस्य रहेको छानबिन समितिले तयार गरेर बुझाउने प्रतिवेदनले पदाधिकारी हटाउने कि नहटाउने भन्ने निर्णय हुने बताए ।

उच्चस्तरीय छानबिन समितिले छानबिन गरिरहेको अवस्थामा बीपीको बारेमा थप आफूले केही प्रतिक्रिया दिन नमिल्ने उनको भनाइ थियो ।

स्वास्थ्य राज्यमन्त्री खापुङलाई राजनितिक दल, नागरिक समाज, धरान सरोकार समाज काठमाडौँ लगायतका प्रतिनिधिले पैसा खुवाएर राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुले बीपी प्रतिष्ठानलाई धरासायी बनाएकाले पदाधिकारी हटाउनुपर्ने र पैसा नतिरी आउने योग्य, दक्ष पदाधिकारी नियुक्त गर्नुपर्ने सुझाव समेत दिएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ३५ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने