सुन सफागर्ने भन्दै ठगी गर्ने दुईजना भारतीय पक्राउ « Khabarhub

सुन सफागर्ने भन्दै ठगी गर्ने दुईजना भारतीय पक्राउ


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ–गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार सहरका ४५ वर्षीय अरुण साह र भारत विहारकै ३० वर्षीय हरिराम साह रहेका छन् । उनीहरूले विभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुनको तौल आधा घटने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

त्रियुगा नगरपालिका–४ बगाहाका ताराबहादुर राईकी छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आधी तोला बनाएर फिर्ता गरेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ । विभिन्न प्रलोभनमा पारी कमला राईले लगाइरहेको सुनको एक तोला सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पीडितले जनाएका छन् ।

सफा गरी फिर्ता गरेको सुन पहिलाको भन्दा कम परिणामको देखिएपछि पीडितलाई शंका लागि तौल गर्दा आधी तोला मात्र फिर्ता भएपछि प्रहरीमा पीडितले उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा उनीहरूलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरूको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रासमेत फेला परेको डिएसपी गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूले अन्य व्यक्तिहरूलाई समेत यसैगरी ठगी गरेको हुन सक्ने भन्दै अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सम्पूर्ण जिल्लावासी नागरिकहरूमा सुन सफा गर्नेहरूसँग सचेत रहनसमेत आग्रह गरेको छ । उनीहरू गाउँ(गाउँ डुल्दै आफूहरू पीताम्बरको व्यापारी भएको र सुन पनि सफा गर्ने काम गर्ने बताउँदै हिँडेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ४४ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले