पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार काठमाडौमा विरोध प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारीले टेकुस्थित नेपाल आयल निगमको कार्यालय अगाडि मूल्य वृद्धिको निर्णय खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल खारेज गर्नुपर्ने माग राखे ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीलाई मोसो दल्न पछि नपर्ने चेतावनी दिए।

उनले सरकार नेपाली जनताप्रति जवाफदेही नभएको भन्दै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको आरोप लगाए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको घोर भत्सर्ना गर्ने बताए । उनले अबिलम्बर मूल्य वृद्धि फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी दिए ।
गत हप्ता आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ५४ बजे

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित