वडा अध्यक्षहरुले मेयरको घर अगाडि थुपारे फोहोर « Khabarhub

वडा अध्यक्षहरुले मेयरको घर अगाडि थुपारे फोहोर


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– दशैँ तिहारमा पनि जनकपुरधाम उपमहानगरपालिकाले फोहरको उचित व्यवस्थापन नगरेको भन्दै केही वडाध्यक्ष आन्दोलित बनेका छन् ।

फोहोरले जनकपुर बजार दुर्गन्धित बनेको भन्दै वडाध्यक्षहरू जानकीराम साह, दीपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंहलगायत विरोधमा उत्रिएका हुन् । दीपावली छठका बेला पनि फोहोर नउठाएपछि आफूलाई आन्दोलन गर्नु परेका वडाध्यक्ष दीपेन्द्र साहले बताए ।

आन्दोलित वडाध्यक्षहरूले आइतबार ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका थिए । प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरू केही समय धर्नासमेत बसेका थिए । उनीहरुले फोहोर मेयर लालकिशोर साहको घर अगाडि लगेर थुपारेका थिए ।

जनकपुरधामका मेयर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएको र सरसफाईको नाममा करोडौं रुपैयाँ खर्च गरे पनि फोहरको व्यवस्थापन वडाध्यक्षहरूको आरोप छ । उनीहरूले फोहरको चाडै व्यवस्थापन नभए आफूहरूले मेयरलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : १३ बजे

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित