वडा अध्यक्षहरुले मेयरको घर अगाडि थुपारे फोहोर | Khabarhub Khabarhub

वडा अध्यक्षहरुले मेयरको घर अगाडि थुपारे फोहोर


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– दशैँ तिहारमा पनि जनकपुरधाम उपमहानगरपालिकाले फोहरको उचित व्यवस्थापन नगरेको भन्दै केही वडाध्यक्ष आन्दोलित बनेका छन् ।

फोहोरले जनकपुर बजार दुर्गन्धित बनेको भन्दै वडाध्यक्षहरू जानकीराम साह, दीपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंहलगायत विरोधमा उत्रिएका हुन् । दीपावली छठका बेला पनि फोहोर नउठाएपछि आफूलाई आन्दोलन गर्नु परेका वडाध्यक्ष दीपेन्द्र साहले बताए ।

आन्दोलित वडाध्यक्षहरूले आइतबार ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका थिए । प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरू केही समय धर्नासमेत बसेका थिए । उनीहरुले फोहोर मेयर लालकिशोर साहको घर अगाडि लगेर थुपारेका थिए ।

जनकपुरधामका मेयर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएको र सरसफाईको नाममा करोडौं रुपैयाँ खर्च गरे पनि फोहरको व्यवस्थापन वडाध्यक्षहरूको आरोप छ । उनीहरूले फोहरको चाडै व्यवस्थापन नभए आफूहरूले मेयरलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : १३ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी