एकेडेमी अवार्डका यी फिल्म, जो चर्चामा छन् | Khabarhub Khabarhub

एकेडेमी अवार्डका यी फिल्म, जो चर्चामा छन्


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीपछि संसारमा फिल्म बजारले नयाँ मोड लिने आँकलन गरिएको थियो । तर, कोरोनाको संक्रमण घट्न थालेसँगै फिल्मको विश्व बजार चलायमान भइरहेको छ ।

संसारमा फिल्मका ठूला प्रदर्शन भइरहेका छन् भने फेस्टिभलहरू पनि भइरहेका छन् ।

यतिबेला भने आगामी मार्चको अन्त्यमा हुने एकेडेमी अवार्डको चर्चा छ । यस वर्षको एकेडेमी अवार्डमा छनोट भएका १२ फिल्मको विश्व फिल्म बजारमा चर्चा छ ।

सर क्रेनेथ ब्रनागको अटोबायोग्राफीमा आधारित फिल्म ‘बेल फास्ट’ यस वर्ष चर्चामा छ । फिल्ममा जुड हिल, ज्यामी डोर्नान, सिरान हिन्डिस र क्याटोराएन बेल्फाको शीर्ष भूमिका छ ।

फिल्ममा शीर्ष भूमिका निभाएकी अभिनेत्रीको उत्कृष्ट अभिनय, उत्कृष्ट स्क्रिन प्ले र अभिनयमा धेरैको मनोनयन हुने समीक्षकहरूले आँकलन गरिरहेका छन् । साथै उत्कृष्ट फिल्मका रुपमा पनि यो फिल्मलाई बलियो दाबेदार मानिएको छ ।

केनेथ अहिलेसम्म विभिन्न सात प्रमुख विधामा ओसकारका लागि मनोनयनमा परेका छन् । उनी निर्देशक, अभिनेता, सह अभिनेता, स्क्रिन प्ले र लाइभ एक्सनमा मनोनयनमा परि सकेका थिए । बेलफास्टले भने उनको क्यारियरमा नयाँ अध्याय थप्ने सम्भावना प्रबल छ ।

स्टेभन स्पेलबर्गले क्लासिकल सङ्गीतका बारेमा तयार गरेको फिल्म ‘उत्कृष्ट साइड स्टोरी’ अर्को दाबेदार हो । यस चलचित्रमा रँचेल जेगलर र एन्सल एल्गर्टको शीर्ष भूमिका छ । थुप्रै विधामा मनोनयनमा पर्ने अनुमान गरिएको यो चलचित्र अवार्डको एउटा मुख्य दाबेदार हो ।

स्पेलबर्गको निर्देशन उत्कृष्ट रहेको छ भने नवनायिका जेगरलको अभिनय पनि त्यत्तिकै  बेजोड छ । उमेरले ९० वर्ष पार गरिसकेकी रितो मोरेनाले सन् १९६१ मा यसै चलचित्रको पहिलो मूल भर्सनमा उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जितिसकेकी छिन् ।

उनी अहिले पनि भ्योन्टीना भन्ने पात्रको रूपमा अभिनय गरिसकेकी छिन् ।  यसपटक पनि उनी सह–अभिनेत्रीको अवार्डको मुख्य दाबेदार हुन् ।

‘द पावर अफ द डग’ अर्को दाबेदार हो । बेनडिक कम्बरबाथ, कीस्टर्न डन्स्ट, जेस पेलोमेन्स र कोडी स्मिट म्याकफीको यसमा मुख्य अभिनय छ । यो समीक्षकहरूबाट धेरै मन पराइएको फिल्म हो । यो उत्कृष्ट फिल्म र स्क्रिन प्लेमा मनोनयनमा पर्ने निश्चित मानिएको छ । हालसम्म सात जना महिला मात्र उत्कृष्ट निर्देशकको मनोनयनमा परेका छन् ।

यसपटक जेन क्याम्पियनको यो सम्भावना छ । यसो भएमा उनी दुईपटक मनोनयनमा पर्ने पहिलो महिला हुने छिन् ।

यसअघि उनी सन् १९९३ मा पियानोका लागि मनोनयनमा परेकी थिइन् । सिने घरमा नोभेम्बरमा रिलिज  भएको यो चलचित्र नेटफ्लिक्समा उपलब्ध छ ।

क्यालिफोर्नियाको सान फर्नान्डो उपत्यकामा पहिलो भेटमै भएको प्रेममा आधारमा मानेर बनेको ‘लिकोरायस पिजा’ अर्को दाबेदार हो । यस फिल्ममा एलन हिइम, कुपर होफम्यान, सेन पेन र ब्राडली कुपरको मुख्य भूमिका छ ।

यो उत्कृष्ट फिल्मका साथै निर्देशक पाउल थोमस एन्डरसन मनोनयनमा पर्ने सम्भावना प्रबल छ । पप रक ग्रुपकै कान्छी सदस्य रहेकी एलन हियाम उत्कृष्ट अभिनेत्रीको मनोनयनमा पर्ने सम्भावना पनि त्यत्तिकै छ । यो फिल्म जनवरी १ मा प्रदर्शनमा आउने तयारीमा छ ।

रिचार्ड विलियम्सको अटो बायोग्राफीमा आधारित ड्रामा ‘ किङ रिचार्ड ’अर्को उत्कृष्ट चलचित्र हो । किङ रिचार्ड टेनिस स्टार भेनस विलियम्स र सेरेना विलियम्सका बाबु हुन् ।

विल स्मिथ, अउन्जाने एलीस र सानीया सिड्नीको यसमा मुख्य भूमिका छ । स्थिमले यस अगाडि अवार्ड नजिते पनि दुईपटक मनोनयनमा परिसकेका छन् । उनी तेस्रो पटक मनोनयनमा पर्ने अनुमान गरिएको छ । धेरैले त स्मिथ उत्कृष्ट अभिनेता घोषित हुने अनुमान गर्न थालेका छन् । साथै यो उत्कृष्ट फिल्मको नोमीनेसनमा पनि पर्न सक्ने छ । यो फिल्म नोभेम्बरमा रिलिज भएको हो ।

फ्रान्क हर्बर्टको विज्ञान फ्यान्टासी उपन्यासकै परिवर्तित स्वरूप ‘ड्यान ’अर्को उत्कृष्ट फिल्म हो । यसमा आकाश पुञ्जका सबै महत्त्वपूर्ण तत्त्वका बारे चर्चा समेत गरिने छ । यसमा टिमोथी चाल्मेट, रेबेका फर्गुसन र जेन्डायाको मुख्य भूमिका छ ।

यो फिल्म उत्कृष्ट चलचित्रका साथै डेनिस भीलेन्युभ उत्कृष्ट निर्देशकमा मनोनयनमा पर्ने सम्भावना प्रबल छ ।  अभिनय तर्फ कोही पनि मनोनयनमा पर्ने सम्भावना अत्यन्त कम छ । यो सबै भन्दा धेरै विधामा मनोनयन हुने चलचित्रको रूपमा रहन सक्ने सम्भावना भने प्रबल छ । सिनेमाटोग्राफी, प्रोडक्सन, डिजाइन, स्कोर र भिजुएल इफेक्टमा यो फिल्म मनोनयनमा पर्न सक्ने छ ।

एउटा युवा जब ३० वर्षको हुन्छन्,उसले आफ्नो भविष्य र जीवनका बारे नयाँ शैलीले सोच्न सुरु गर्छ । ‘ टिकटिक बुम ’ यसै कथामा आधारित चलचित्र हो । एन्ड्रयु गार्फीड र अलेजान्द्रा सिपको यसमा मुख्य भूमिका छ । २०२२ मा  एक विधामा १० मनोनयन हुने भए पछि यो फिल्म उत्कृष्टको मनोनयनमा पर्न सक्ने छ ।

यसै गरी गारफील्ड उत्कृष्ट अभिनेताको अवार्डका लागि समेत मनोनयनमा पर्न सक्ने छन् । नोभेम्बरमा रिलिज भएको यो फिल्म नेटफ्लीक्समा पनि हेर्न सकिने छ ।

जब पेट्रेसिया रागानीले फेसनमा मोह राख्ने परिवारमा विवाह गर्छिन्, त्यस पछि उनलाई त्यस परिवारमा विभिन्न सदस्यले विभिन्न पहिरनमा देख्न चाहन्छन् । यसै कथामा बनेको फिल्म ‘ हाउस अफ गुच्ची’ यस वर्षको उत्कृष्ट चलचित्र हो ।

यसमा लेडी जागा, एडम ड्राइभर, अल पाचीनो, जेरार्ड लेटो र जेरोमी आइरनको मुख्य भूमिका छ । लेडी जागा उत्कृष्ट अभिनेत्रीको मनोनयनमा पर्ने सम्भावना प्रबल छ । लेटोका पनि सह अभिनेताको मनोनयनमा पर्ने सम्भावना उत्तिकै बलियो छ । उत्कृष्ट फिल्म तथा यसका निर्देशक रेड्ली स्कट मनोनयनमा पर्ने सम्भावना कम नै मानिन्छ ।

राज कुमार र्चाल्ससँगको सम्बन्धमा तुसारापात आउनुका बाबजुद युवराज्ञी डायनाले स्यान्ड्रीङघममा क्रिसमस मनाएको घटनामा आधारित ‘ स्पेन्सर ’ यस वर्षको अर्को चर्चामा रहेको चलचित्र हो । यस फिल्ममा क्रिस्टीयन स्टेवार्ट, सेली हकीन्स र टिमोथी स्पलको मुख्य भूमिका छ ।

संसारभर मन पराइएको यस फिल्ममा वेल्सकी राजकुमारीको भूमिका निभाएकी स्टेवार्टलाई धेरैले मन पराए ।  उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउन सक्ने सम्भावना  पनि त्यत्तिकै बलियो छ । प्रोडक्सन, डिजाइन तथा कस्टम डिजाइनमा पनि यो फिल्म मनोनयनमा पर्ने सम्भावना बलियो छ । नोभेम्बरमा यस फिल्मको रिलिज भइसकेको छ ।

एउटी महिला गृष्मकालीन विदा मनाइरहेको समयमा अर्की एक महिला र उनकी छोरीसँग भेट हुन्छ । यसै समयमा उनलाई आफ्नो विगतको झझल्को आउँछ ।

यसै कथामा आधारित ‘द लस्ट डटर’ यस वर्षको अर्को चर्चित फिल्म हो । फिल्ममा ओलीभीया कालमान, जेसिका बुकली र डाकोथ जोन्सनको मुख्य भूमिका छ ।

यसअघि नै ओसकार अवार्ड जिती सकेकी कालमानले यस फिल्ममा पनि उत्कृष्ट अभिनेत्रीको विधामा मनोनयनमा पर्ने सम्भावना प्रबल छ । कुबली पनि सह–अभिनेत्रीको उपाधिको दाबेदार हुन् । उत्कृष्ट फिल्मको मनोनयनमा पनि पर्ने सम्भावना रहेको यस फिल्मका मेगी ग्यानहल स्क्रिन प्लेका लागि मनोनयनमा पर्ने सम्भावना छ ।

उनी निर्देशकको विधामा पनि दाबेदार हुन् । मनोनयनमा परे उनी यस विधामा मनोनयनमा पर्ने आठौँ महिला हुने छिन् ।  वर्षको सुरुवातमा नै रिलिज भएको यो फिल्म नेटफ्लीक्समा पनि ३१ डिसेम्बरमा  राखिने छ ।

पृथ्वीतर्फ आइरहेका दुई अन्तरिक्ष यात्रीको मानसिक अवस्थामा आधारित ‘डुनट लुक अप’ अर्को हर्न लायक फिल्म हो । यस फिल्ममा लियानार्दो डी काप्रियो, जेनीफर लरेन्स र मेर स्ट्रिपको मुख्य भूमिका छ । उत्कृष्ट पिक्चर र स्क्रिन प्लेका लागी यो फिल्म मनोनयनमा पर्ने सम्भावना छ ।

पहिले नै रिलिज भइसकेको यो फिल्म अहिले नेटफ्लिक्समा पनि छ ।

घरमा सबै जना कान नसुन्ने छन् । रुबी मात्र कान सुन्न सक्छिन् । उनलाई सङ्गीत सिक्न औधी मन लाग्छ । परिवारलाई ध्यान दिने या सङ्गीत सिक्ने भन्नेमा उनलाई दोमन हुन्छ । यसैमा आधारित चलचित्र ‘कोडा’ यस वर्षको अर्को चर्चित चलचित्र हो ।

इमिलिया जोन्स, मार्लीन मार्टीन, ट्रोइ कटसरको यसमा मुख्य भूमिका छ । कटसर उत्कृष्ट सह–अभिनेत्रीको विधामा मनोनयनमा पर्न पनि सक्नेछिन् । सियना हेल्डर स्क्रिन प्लेका लागि उत्तिकै दाबेदार हुन् । गृष्ममै रिलिज भएको यो फिल्म अहिले एपल टिभी प्लसमा पनि हेर्न सकिन्छ ।

यी सबै टुङ्गोको मार्च महिनामा लाग्ने नै छ । अन्तिम नतिजा जे भए पनि यी १२ चलचित्रको प्रभाव रहने फिल्म समीक्षकको मत छ ।

–एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : ०० बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच