अफगानिस्तानले डब्लूएचओसँग माग्यो ओमिक्रोन परीक्षण किट « Khabarhub

अफगानिस्तानले डब्लूएचओसँग माग्यो ओमिक्रोन परीक्षण किट


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्नका लागि अफगानिस्तानमा किटको अभाव भएको छ ।

किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको छ ।

तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरुले जनाएका छन् ।

इरान, पाकिस्तानलगायतका छिमेकी मुलुकहरुमा ओमिक्रोनको प्रभाव धेरै देखिएकाले अफगानिस्तानमा पनि सतर्कता बढाउन दबाब परेको छ ।

अफगानिस्तानका स्वास्थ्यकर्मीहरुले ओमिक्रोनले ठूलो मानवीय क्षति पुर्‍याउन सक्ने भएकाले हेलचक्र्याइ नगर्न र त्यसका विरुद्धमा लड्न आवश्यक पर्ने सबै तयारी तथा काम गर्न आग्रह गरेका छन् ।

आर्थिक तथा राजनीतिक रुपबाट यसको चुनौती सामना गर्नसक्ने गरी तयारी गर्न पनि स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

उनीहरुको आग्रह र दवावअनुसार नै सरकारले डब्लूएचओसँग ओमिक्रोन परीक्षणको किट माग गरेको अफगानिस्तानका स्वास्थ्य मन्त्री जाभेद हार्जारले पुष्टि गरे।

‘हामीलाई ओमिक्रोनको परीक्षण गर्ने किटको खाँचो छ, त्यो उपलब्ध गराइदिन हामीले डब्लूएचओलाई अनुरोध गरेका छौँ, उहाँहरुले आगामी केही दिनमा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ,’ स्वास्थ्य मन्त्री हार्जारले भने ।

स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थाहरुमा अन्य स्वास्थ्य सामग्रीहरुको समेत अभाव हुन थालेका बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : २२ बजे

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं– एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र,

बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा 

दोलखा– जिल्लाको जिरी नगरपालिका-२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी