अफगानिस्तानले डब्लूएचओसँग माग्यो ओमिक्रोन परीक्षण किट « Khabarhub

अफगानिस्तानले डब्लूएचओसँग माग्यो ओमिक्रोन परीक्षण किट


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्नका लागि अफगानिस्तानमा किटको अभाव भएको छ ।

किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको छ ।

तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरुले जनाएका छन् ।

इरान, पाकिस्तानलगायतका छिमेकी मुलुकहरुमा ओमिक्रोनको प्रभाव धेरै देखिएकाले अफगानिस्तानमा पनि सतर्कता बढाउन दबाब परेको छ ।

अफगानिस्तानका स्वास्थ्यकर्मीहरुले ओमिक्रोनले ठूलो मानवीय क्षति पुर्‍याउन सक्ने भएकाले हेलचक्र्याइ नगर्न र त्यसका विरुद्धमा लड्न आवश्यक पर्ने सबै तयारी तथा काम गर्न आग्रह गरेका छन् ।

आर्थिक तथा राजनीतिक रुपबाट यसको चुनौती सामना गर्नसक्ने गरी तयारी गर्न पनि स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

उनीहरुको आग्रह र दवावअनुसार नै सरकारले डब्लूएचओसँग ओमिक्रोन परीक्षणको किट माग गरेको अफगानिस्तानका स्वास्थ्य मन्त्री जाभेद हार्जारले पुष्टि गरे।

‘हामीलाई ओमिक्रोनको परीक्षण गर्ने किटको खाँचो छ, त्यो उपलब्ध गराइदिन हामीले डब्लूएचओलाई अनुरोध गरेका छौँ, उहाँहरुले आगामी केही दिनमा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ,’ स्वास्थ्य मन्त्री हार्जारले भने ।

स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थाहरुमा अन्य स्वास्थ्य सामग्रीहरुको समेत अभाव हुन थालेका बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : २२ बजे

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको