दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध « Khabarhub

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पहिचान हुन नसकेको गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका-६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

केसीलाई आज बिहान ४ बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर-सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण-६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।

शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर-हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : ४४ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ