शीतलहरका कारण सीमभञ्ज्याङमा यातायात अवरुद्ध « Khabarhub

शीतलहरका कारण सीमभञ्ज्याङमा यातायात अवरुद्ध


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ।

बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार दामनबाट सिमभञ्ज्याङको करिब तीन किलोमिटरमा बाक्लो शीतलहर पर्नाले काठमाडौँबाट हेटौँडातर्फ आउने र हेटौँडाबाट जाने दुवैतर्फको यातायात अवरुद्ध भएको हो ।

आजै अपराह्नसम्म शीतलहर पन्छाइ यातायात सञ्चालनमा ल्याइने तयारी भइरहेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए । हाल काठमाडौँबाट पुगेका विभिन्न सवारी साधन दामनमा र हेटौँडाबाट गएका सवारी अघोरमा लामबद्ध भई आ–आफ्नो गन्तव्यतिर जान पर्खिरहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : ३६ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,