सर्लाहीको निषेधाज्ञा आज साँझसम्म जारी, ईश्वरपुर घटनाको छानबिन गर्न समिति गठन « Khabarhub

सर्लाहीको निषेधाज्ञा आज साँझसम्म जारी, ईश्वरपुर घटनाको छानबिन गर्न समिति गठन


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो ।

ईश्वरपुर नगरपालिका–७ मा पाँच दिनअघि मोटरसाइकल अचानक प्रहरीको भ्यानसँग ठोक्किँदा स्थानीयवासी रामकुमार महतोको ज्यान गएको थियो । सोमबारदेखि अस्पतालमा रहेको शव पीडित पक्षले नुबुझ्दा सर्लाहीको सो क्षेत्रमा निषेधाज्ञा पनि आज साँझसम्म थप गरिएको छ भने उक्त दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न प्रदेश नं २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर धनुषाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार बुधबार लालबन्दीमा भएको सहमतिअनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलङ्गवा पुगे पनि शव नबुझी फर्किएका छन् । गठित छानबिन समितिमा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवाल, प्रहरी कार्यालय जनकपुर धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सदस्य रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।

छानबिन समितिलाई सो दुर्घटनाको सम्बन्धमा सत्यतथ्य बुझेर अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : ०० बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र