‘चिसो एस्ट्रे’ टिजरमा मदनको सहरीया ताण्डव « Khabarhub

‘चिसो एस्ट्रे’ टिजरमा मदनको सहरीया ताण्डव


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । काठमाडौं सहरलाई चिसो एस्ट्रेका रुपमा बिम्बित गर्दै तयार भएको फिल्मको टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोको सहरीया रहरलाई देखाइएको छ ।

दिन्श पाल्पाली निर्देशित फिल्म आगामी चैत ४ बाट प्रदर्शनमा आउदैछ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ फिल्मबारे दिन्श भन्छन् ।

दिन्शले यसअघि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जितेको थियो ।

फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह निर्माता रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।

दिन्शकै लेखन र गीत रहेको फिल्ममा अजर जंगमको संगीत, उज्जवल बस्ताकोटीको छायांकन तथा प्रशान्त रसाईली क्रिएटिभ हेड छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : २२ बजे

दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि 

काठमाडौं– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता

डडेल्धुरामा पनि रास्वपाका जोशीको अग्रता

अमरगढी– डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.

झापाका पाँचवटा क्षेत्रमा रास्वपाको अग्रता, ५, ४, २ मा निरन्तर लिड

काठमाडौं– पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा पाँचैवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय

तेह्रथुममा एमालेका भानुभक्त ढकालको निरन्तर अग्रता, पछ्याउँदै कांग्रेसका सन्तोष सुब्बा

तेह्रथुम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तेह्रथुममा नेकपा (एमाले) का उम्मेदवार भानुभक्तले निरन्तर