घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु « Khabarhub

घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । भानु नगरपालिका तनहुँका ३३ बर्षीय सन्तोष अधिकारीको राति सुतेको अवस्थामा मृत्यु भएको हो ।

रातिको ड्युटीलाई सकेर खाना खाइसकेपछि कोठामा सुतेका अधिकारी राति खोकेको सुनेपछि साथीहरूले उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

स्थानीय प्रहरीको सहयोगमा साथीहरूले उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पतालले उनलाई तत्कालै मृत्यु भएको जनाएको छ ।

उनी साउदी अरबमा रहेको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम शाखामा वायर हाउसमा कार्यरत थिए ।

उनी आउँदो फेब्रुअरीमा नेपाल फर्किने तयारीमा थिए । नेपाली दूतावास स्रोतका अनुसार मृतकको शवलाई कम्पनी र परिवारसँग समन्वय गरेर जतिसक्दो चाँडो नेपाल पठाइने तयारी थालिएको छ ।

उनको परिवारमा आमा, पत्नी, एक छोरा र एक छोरी रहेको नजिकका साथीभाइहरूले बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : ०० बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड