‘कठपुतली’लाई उच्च शो « Khabarhub

‘कठपुतली’लाई उच्च शो


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ । हलिउड फिल्म ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा’को आक्रामक व्यापारको बावजुद पनि मल्टिप्लेक्स हलहरुले राम्रो शोहरु दिएका छन् ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि देशभरका स्टेशनमा १४ शोज दिएको छ । बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि फिल्मले राम्रो शो पाएको छ ।

मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको फिल्ममा भीमसेन लामाको निर्देशन छ । पृथ्वी राना मगरले निर्माण गरेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : ५९ बजे

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।