आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं : प्रचण्ड « Khabarhub

आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं : प्रचण्ड


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैटौं दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

यसक्रममा प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उदघोष गरे ।

‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौँको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ प्रतिनिधिमाझ प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

आफूलाई कतिपयले अस्थिर भनेपछि आफू गतिशीलताको यात्रामा रहेको र आजको परिवर्तन त्यसकै उपज भएको उनको दाबी छ ।

‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ । यसमा म छलाङ र गतिशीलतामा देख्छु । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् । तर २०४५ सालमा सानो समूहबाट सुुरु गरेर २०५२ सालमा जनयुद्ध सुुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ? त्यसैले यो गतिशीलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंड्न हामी तयार छौं । हामी अहिले पनि एउटा छलाङ हान्न खोजिरहेका छौं,’ उनले भने ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ४ : ०३ बजे

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं– विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग

गत आर्थिक वर्षमा २३ खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब बढी

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा