एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता, माधव नेपालले गरे स्वागत (भिडियो) « Khabarhub

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता, माधव नेपालले गरे स्वागत (भिडियो)


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीच एकता भएको छ । परिषद्का संयोजक साध्यबहादुर भण्डारीलगायतका नेताहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार स्वागत गरे ।

वाम एकता संवाद कार्यदलले काठमाडौँमा आयोजना गरेको पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावदेखि चुनावको गोलचक्करमा फस्ने पार्टी कम्युनिष्ट नै नहुने दावी गर्दै आफूहरु जनतादेखि जनतासम्म भन्ने अभियानलाई केन्द्रमा राखेर जनजिविकाका सवालहरु बोकेर राजनीति गरिरहेको बताए।

लोकप्रियता हासिल गर्ने नाममा विकृतिले राजनीतिक दलहरुले बाटो छाड्ने गरेको सन्दर्भ उठाउँदै अध्यक्ष नेपालले केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई विकृतिको ओरालो बाटोमा हिँडाएकाले आफूहरुले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनको बाटोमा उठाएको बताउँदै सम्पूर्ण वामपन्थी, प्रगतिशील, गणतान्त्रिक र समाजवाद पक्षधर शक्तिहरु गोलबन्द हुने वातावरण बनिरहेको दाबी गरे ।

एक सातामै दुई राजनीतिक दलहरुलाई एकीकृत समाजवादीमा एकीकृत गराएको तथ्यले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार एकीकृत समाजवादी हुने स्पष्ट भएको बताए। नेपालले अलमलमा रहेका र बाटो विराएकाहरुलाई एकीकृत समाजवादीमा आएर जनताकेन्द्रित काम गर्न आग्रह गरे ।

पार्टी एकता कार्यक्रममा राष्ट्रिय जागरण परिषदका संयोजक भण्डारीले समाजवादी क्रान्ति र जनपक्षीय एजेन्डा एकीकृत समाजवादीले नेतृत्व गर्न सक्ने सम्भावना देखेरै आफूहरुले पार्टी एकता गरेको बताए । वाम एकता तथा सम्वाद कार्यदलका संयोजक तथा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बृहत् कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने सोच भएकाले साना ठूला कम्युनिष्ट शक्तिहरुलाई गोलबद्ध गर्दै लगिने बताए ।

एकता अभियानमा जोडिएका सम्पूर्णलाई क्षमता तथा सम्भावनाका आधारमा उपयुक्त जिम्मेवारी दिइने कार्यदल सदस्य तथा उपमहासचिव डा।विजय पौडेलले बताए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ६ : ४० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर