युद्ध र अस्थिरताको कथा धेरै पाठकको रोजाइमा  | Khabarhub Khabarhub

युद्ध र अस्थिरताको कथा धेरै पाठकको रोजाइमा 


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजबाट हामीले अङ्ग्रेजी वर्ष २०२१ लाई बिदाइ गरेर नयाँ वर्ष मनाउँदै छौँ । वर्ष २०२२ को आगमनसँगै वर्ष २०२१ को समीक्षा पनि भइरहेको छ ।

यसवर्ष प्रदर्शनमा आएका चलचित्र, खेलिएका खेलको परिणाम तथा यस वर्ष प्रकाशित पुस्तकबारे समीक्षाहरू भइरहेका छन् ।

मान्छे बीचको भेदभावको अन्त्य  नै सन् २०२१ मा साहित्य क्षेत्रले उठाएको ठूलो आवाज हो । जात, धार्मिक सम्प्रदाय र भूगोलको  नाममा मान्छे अमानवीय बन्दै गएको घटनालाई साहित्यमा प्रस्तुत गर्नेहरू यस वर्ष रुचाइए । जन्जीबारबाट बेलायत आइपुगेको साहित्यकार अब्दुल रजक गुरनाहले यस वर्षको साहित्यको नोबेल पुरस्कार पाए । संयुक्त राज्य अमेरिकामा भएको जातीयता , प्रहरी दमन र अश्वेतहरूको अनुभव समेटेर लेखिएको उपन्यासकै कारण जेसन मोटले यस वर्षको नेसनल बुक अवार्ड पाए ।

संसारका चिनिएका, लेखक, कलाकार र फोटोग्राफर लगायत साहित्य कलाका अनुरागीहरूकै मतको आधारमा अहिले पनि उत्कृष्ट पुस्तकको बारे छलफल चलिरहेको छ । साहित्यिक किताबका साथै ज्ञान वर्द्धक पुस्तक पनि पश्चिमा देशहरूमा अत्यन्त रुचाइए । महामारीको चपेटामा परेका हामीले गएका वर्ष धेरै आफन्त गुमायौँ ।

यस कारण पनि हामीलाई जीवनको महत्त्व अझ बढी बोध भएको छ ।  जीवन अझ बढी प्यारो लाग्न थालेको छ । त्यसैले  पछिल्लो वर्ष स्वास्थ्य क्षेत्रसँग सम्बन्धित र वातावरणसँग सम्बन्धित पुस्तकको विक्री संसारमा नै बढिरहेको छ ।

जुप एपटअ संसारका नामी कमेडियन, कलाकार तथा स्क्रिप्ट लेखक । उनी आफैले धेरै पुस्तक लेखेका छन् । उनले यस वर्ष धेरै पुस्तक पढेर उत्कृष्टको चयन गरे । त्यसो त उनका ‘सुपर ब्याड’, ‘ब्राइड्समेड’ र ‘द किंग अफ स्टेफन आइजल्यान्ड’ लगायत पुस्तक अत्यधिक सफल भए । ती सबै पुस्तक चर्चामा पनि थिए । उनी आफैले भने पाठकहरूलाई मेल ब्रोकले लेखेको ‘अल अबाउट मि’ पढ्न सल्लाह दिन्छन् । व्यापारी ब्रुक्सले सो पुस्तकका आफ्नो व्यावसायिक जीवनका स्वर्णीम काल र त्यस स्थानसम्म पुग्न गरेको सङ्घर्षलाई उल्लेख गरेका छन् । एपटअकै विचारमा ब्रुक्सको यो पुस्तक सिङ्गो फिल्मी दुनियाँमा माथिको सटायर हुन सक्छ ।

ग्लोन लेरी, मोर्डन आर्ट म्युजियमका निर्देशक । उनी पनि पुस्तकका त्यस्तै पारखी हुन् । इतिहासका ज्ञाता उनले सन् १९९५ मा संग्राहलय नै स्थापित गरे । उनको नजरको उत्कृष्ट पुस्तक ‘वेटर टु हेभ गोन: लभ डेथ एन्ड क्वेस्ट फर उटोपिया इन एयुरोभिल’ हो ।

यो पुस्तकमा लेखक आकाश कपुरले सन् १९६० मा  दक्षिणी भारतमा भेटेका एक व्यक्तिको आत्मवृत्तान्त उतारेका छन् ।

वेटर टु हेभ गोनले लेखक र उनी रहेको स्थानमा धेरै जना मानिसले आफ्नो जिन्दगी चलाउन र आफ्ना बालबच्चा हुर्काउन गरेको मेहनत र प्रयासलाई पठनीय रूपमा प्रस्तुत गरिएको छ । दक्षिण भारतको एरोभील क्षेत्रमा कुनै समय रहेको तनावग्रस्त जीवन र सुन्दर भविष्यको कल्पना पनि त्यस पुस्तकमा उल्लेख गरिएको छ ।

मलाया योसाफ्जाय नोबेल पुरस्कार विजेता  तथा अभियन्ता हुन् । शान्तिमा नोबेल पुरस्कार पाएकी उनको पनि आफ्नै मन पर्ने पुस्तक छ । उनको यस वर्षको मन परेको पुस्तक नादीया ओसुसुको ‘आफ्टर सक’ हो ।

यस पुस्तक आफ्नी आमाले २  वर्षको उमेरमा एडप्ट गरिएको बालिकाको जीवनमा आधारित छ, जसले आफू १२ वर्ष हुँदा बाबु  गुमाएपछि अनाथ भएकी थिइन् । तनावपूर्ण जिन्दगीपछि नादियाको जीवन तान्जानीया, इटाली, इथियोपिया, इङ्गल्यान्ड, घाना र युगान्डा हुँदै बितेको थियो । उनको आफ्नै जीवन र आफू बाँचेको परिवेशमा आधारित यो पुस्तक धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

सन् २००८ मा पहिलोपटक तालिबानको विरुद्धमा बोलेकी मलालाले महिला शिक्षाको बारेमा आवाज  उठाएपछि तालिबानको निशानामा परेकी थिइन् । यसपछि उनी पाकिस्तानमा निर्वासित जीवन बिताउन पुगेकी थिइन् । उनले यस पुस्तक आफ्नो जिन्दगीसँग पनि मिल्दो भएको प्रतिक्रिया दिएकी छिन् ।

चर्चित मोडल काइँया जब्बरकै विचारमा ग्रामी अवार्डमा नोमिनेसनमा परेका सङ्गीतकार मिचेल जाउमारको पुस्तक ‘क्राइङ इन मार्ट’ नै मन पर्ने पुस्तक हो । यस पुस्तकमा एक कोरियालीले अमेरिकामा आफूलाई स्थापित गर्न गरेको सङ्घर्षको कुरालाई उल्लेख गरिएको छ ।

मोडल जब्बरकै अनुसार यो पुस्तक मन छुने र पढ्दै जाँदा रोमाञ्चित हुने खालको छ । उनी यसलाई सामान्य भाषाको उत्कृष्ट पुस्तकको संज्ञा दिन चाहन्छिन् ।

ट्युनिक अमेरिकाका चर्चित फोटोग्राफर हुन् । उनी पनि पुस्तकका पारखी हुन् । उनले यस वर्ष कला सम्बन्धी पुस्तक धेरै पढेको बताउँछन् । उनी आफू गएका वर्ष साना कलासँग सम्बन्धित पुस्तकमा रमाएको बताउँछन् ।

साना पकेट साइजका पुस्तकहरू राति सुत्ने समयमा त्यही पढेरै निदाउने उनको आदत नै बसेको रहेछ ।

कलाकार एइ वुइयको नजरमा मन पर्ने पुस्तक ‘इन फ्लेम्ड: डिप मेडिसिन एन्ड एनाटोम अफ इन जस्टिस’ हो । स्ट्रक्चरल असन्तुलनले मानिसको  शरीरमा पर्ने असर र यसले उत्पन्न गर्ने नकारात्मक सोचाइलाई लामो समयको अध्ययनपछि यो पुस्तक लेखिएको हो । पुस्तक रुपा मार्य र राज पटेलले लेखका हुन् । उनीहरूको विचारमा यो शक्तिशाली र डाइनामि—क छ ।

एइ कनै समय लन्डन, न्यु योर्क पेरिसमा गरेको प्रदर्शनमा कारण विवादमा आएका थिए । सोही समयदेखि उनका कलाका पारखी र आलोचक दुवै बढेका थिए । उनलाई मनपर्ने यो पुस्तक परम्परागत उपचार पद्धति  र आधुनिक उपचार पद्धतिको लामो अध्ययन गरेर लेखिएका कारण पठनीय रहेको एइको मत छ ।

स्क्रिप्ट राइटर तथा पत्रकार बोला बालावोलाको विचारमा सेलेब अजुमान नेल्सनको ‘ओपन वाटर’ पढ्ने पर्ने पुस्तक हो । एक युवा पुरुष फोटो ग्राफर र महिला नृत्याङ्गना प्रेममा बाँधिएको घटनालाई काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

नाइजेरियाली मूलका बेलायती लेखक बालाओलाले यस पुस्तकका पात्रहरू हेर्दा आफूसँग धेरै समानता रहेको बताएका छन् । त्यसो त बालाओलाको आफ्नै उपन्यास ‘लभ इन कलर: मिथिकल टेल्स फ्रम एराउन्ड द वर्ल्ड’ एक पटक रिटोल्ड सन्डे टाइम्सकै सूचीमा सबैभन्दा धेरै विक्री भएको पुस्तकको रूपमा सुचीकृत भएको थियो ।

फेसन हाउस बालमीनमा कार्यरत चर्चित डिजाइनर ओलीभर राउस्टेङ पनि पुस्तकका पारखी नै हुन् । उनले भने जर्ज ट्रेन स्टेनले लेखेका द अटोबायोग्राफी अफ एलाइब बी टोकलास मन पराएका छन् ।

पहिलो संस्करण सन् १९३३ मा छापिएको यो पुस्तकमा एक अमेरिकनले पेरिसमा बिताएका दिनका बारेमा उल्लेख गरिएको छ । पुस्तकमा ती अमेरिकनले पाव्लो पिकासो, अर्नेस्ट हेमींगवे र हेन्री माटिसेसँग एकसाथ उभिन पाउँदा गरेको गर्वको अनुभूतिलाई पनि प्रस्तुत गरिएको छ ।

कलाकार आलोक भेडको विचारमा ‘द ट्रबल विथ ह्वाइट उमनः अ काउन्टर हिस्ट्री अफ फेमनीजम’ मन पर्ने पुस्तक हो । यो पुस्तक काइँला स्कुलरले लेखका हुन् । इतिहासबारे जानकारी रहेको या पुस्तकका हरेक पाठ परिचित फेमेनीस्ट एलीजाबेथ केडी र फ्रान्सिस ह्युपर लगायतको सम्बन्धको बारे  उल्लेख गरिएका छन् ।

त्यसो त यो वर्ष आर्किटेक अडजायले भने अफ्रिकन आर्टीस्ट फ्रम १८८२ टु नाउलाई मन पराए । यसमा ३०० भन्दा बढी कलाकारको बारे चर्चा गरिएको छ ।

अडजायके विचारमा यस पुस्तकले एक सयवर्ष भन्दा अघिको कलाको इतिहास पनि बोलेको छ ।

त्यसो त पत्रकार लिसा लिङकै विचारमा   ‘इन द वेड’ मन पर्ने पुस्तक हो । यो पुस्तक उनकै सहकर्मी टम भाइटलले लेखेका हुन् । लिङकै विचारमा यो पुस्तक सनसनीपूर्ण र पढ्दै जाँदा मानिसलाई रोमाञ्चित गराउन सफल हुने छ ।

पुस्तक मन पर्ने कुनै मापदण्ड हुँदैन ।  अमेरिका र यस वरपर रहेका विभिन्न क्षेत्रमा रहेका आफ्ना पेसाका सिद्ध हस्त व्यक्तित्वको रोजाइमा यी पुस्तक छन् ।

यी शीर्ष व्यक्तिले मन पराएको  पुस्तक र यस वर्ष सफल भएका अन्य पुस्तकलाई हेर्दा के पक्का हो भने राज्यको नाममा मानिसको जीवनमाथि भएको ज्यादतिलाई धेरैले मन पराए ।  यसै कारण प्रताडित भएर बसाइ सराइ गर्नेको कथालाई पनि संसारले रुचाएका छन् । नोबेल पुरस्कार विजेता अब्दुल रजाकको सफलताले नै यो पुष्टि गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन