घर फर्कने टिकट लिएका एक नेपालीको कुवेतमा मृत्यु « Khabarhub

घर फर्कने टिकट लिएका एक नेपालीको कुवेतमा मृत्यु


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – वैदेशिक रोजगारीका क्रममा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

रुकुम पश्चिमका ४३ वर्षीय महेश घर्तीको हृदयाघातबाट मृत्यु भएको हो ।

उनलाई हृदयाघात भए लगतै कुवेतको एक अस्पताल लागिएको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

विगत ३ वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका उनी घर फर्कनका लागि टिकट लिएर बसेका थिए ।

मृत्युपछि कम्पनी र परिवारसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो शव नेपाल पठाइने दूतावासले जनाएको छ ।

उनका श्रीमती, ३ छोरी र १ छोरा रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ३३ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार