समाचार

मौसम बदली र हिमपातको सम्भावना कायमै

By खबरहब

January 01, 2022

काठमाडौँ – देशका विभिन्न स्थानमा आज मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ।

दिउँसो देशभरको मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। प्रधानाङ्गका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।