ए डिभिजन लिगमा आज तीन खेल : को-को भिड्दैछन् ? « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल : को-को भिड्दैछन् ?


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणअन्तर्गतको दोस्रो दिन आज (शनिबार) तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र पोखरा रंगशालामा एक खेल हुने कार्यतालिका रहेको छ ।

दिउँसो १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर डर्बीमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।

थ्री स्टार क्लब लगातारको जितविहिन यात्रामा पूर्णविराम लगाउ चाहन्छ । थ्री स्टार ६ खेलमा सात अंकसहित आठौं स्थानमा छ । थ्री स्टार जावलाखेलविरुद्ध तीन अंक जोड्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

थ्री स्टार पछिल्लो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । लिगमा लगातार चार खेल गुमाए पनि चौथो खेलबाट अंक खाता खोलेको जावलाखेल आफनो उत्कृष्ट लय कायम राख्न चाहन्छ । पाँचौ चरणमा च्यासल युथ क्लबलाई हराएको जावलाखेलले छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराएको थियो ।

दिउसो २ बजे मनाङ मर्स्याङदी क्लबले घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दैछ । ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा बसेको मनाङ शीर्ष स्थानमा बस्दै लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने सम्भावना जीवित राख्न चाहन्छ।

छैटौ चरणमा मच्छिन्द्र फुटबल क्लबलाई नतिजा सुम्पिएपछि दोस्रो स्थानमा झरेको मनाङलाई ब्रिगेडमाथि सहज जित मात्र पनि एएफसी कप छनोट खेल्नका लागि पर्याप्त हुँदैन । १४ अंकका साथ शीर्ष स्थानमा बसेको मच्छिन्द्रले आइतबार नेपाल पुलिस क्लबविरुद्ध अंक बाँडेको अथवा हारेको कामना गर्नुपर्नेछ ।

बेलुकी पौने ५ बजे दशरथ रंगशालामा हुने दिनको अन्तिम खेलमा संकटा क्लब च्यासलको सामना गर्दा अपराजित यात्रा निरन्तरता दिने लक्ष्यमा हुनेछ। संकटा ६ खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथिको जितले संकटा दोस्रो स्थानमा उक्लिनेछ ।

१३औं स्थानको च्यासल भने संकटाविरुद्ध तीन अंक जोड्दै रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ९ : ५० बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा