सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने « Khabarhub

सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ ।

बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेसँगै उक्त खेलका लागि कभर्डहल बनाउने निर्णय गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । सदस्य सचिव सञ्ज्यालले कर्णालीमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने जनाए।

‘राष्ट्रिय खेल भलिबलको नेपालमा आफ्नो छुट्टै कभर्डहल छैन’, उनले भने, ‘त्यसैले यसको प्रशिक्षण र प्रतियोगितामा परेको प्रभावलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको भलिबलका लागि कभर्डहल बनाउने निर्णय गरेको हो ।’ दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रियस्तरको रङ्गशालाभित्र अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने उनले बताए ।

सदस्य सचिव सञ्ज्यालका अनुसार एक हजार ५०० दर्शक क्षमता भएको कभर्डहल बन्ने र बाहिर दुईवटा भलिबल कोर्ट निर्माणका लागि डिजाइन स्टिमेट बनाउन थालिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ४८ बजे

पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत

जापानमा पाँच वर्षे कार्ययोजना लागू, सन् २०३० सम्म गर्मीबाट हुने मृत्यु आधा घटाउने लक्ष्य

टोकियो- जापान सरकारले मङ्गलबारबाट पाँच वर्षे कार्ययोजना लागू गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्छ : एमाले उपमहासचिव गुरुङ

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

कांग्रेस नेतृ पाण्डेको निधन

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका

प्रतिनिधिसभामा कार्यविधिमाथि छलफल

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित