सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने « Khabarhub

सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ ।

बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेसँगै उक्त खेलका लागि कभर्डहल बनाउने निर्णय गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । सदस्य सचिव सञ्ज्यालले कर्णालीमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने जनाए।

‘राष्ट्रिय खेल भलिबलको नेपालमा आफ्नो छुट्टै कभर्डहल छैन’, उनले भने, ‘त्यसैले यसको प्रशिक्षण र प्रतियोगितामा परेको प्रभावलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको भलिबलका लागि कभर्डहल बनाउने निर्णय गरेको हो ।’ दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रियस्तरको रङ्गशालाभित्र अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने उनले बताए ।

सदस्य सचिव सञ्ज्यालका अनुसार एक हजार ५०० दर्शक क्षमता भएको कभर्डहल बन्ने र बाहिर दुईवटा भलिबल कोर्ट निर्माणका लागि डिजाइन स्टिमेट बनाउन थालिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ४८ बजे

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो