गम्भीर निमोनियाका बिरामीको संखुवासभा अस्पतालमै सफल उपचार « Khabarhub

गम्भीर निमोनियाका बिरामीको संखुवासभा अस्पतालमै सफल उपचार


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- जिल्ला अस्पताल संखुवासभामा सिवियर निमोनिया (गम्भीर) बिरामीको १८ दिन भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको छ ।

भोजपुर तुङ्गेछाकी सिवियर निमोनिया भएकी अर्पना जोगीलाई जिल्ला अस्पतालको भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको बालरोग विशेषज्ञ दिपेन्द्र राईले बताए ।

अर्पनाको विद्यालयबाट घर फर्कदै गर्दा कोखा हान्न थाल्यो । आत्तिएका अभिभावकले स्थानीय स्वास्थ चौकीमा कार्यरत स्वाथ्यकर्मीको सल्लाहअनुसार खाँदबारी अस्पताल लिएर आए ।

परीक्षणका क्रममा उनमा सिवियर निमोनियाको लक्षण देखियो । बाल रोग विशेषज्ञ राईका अनुसार उनलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाई पछि शनिजार घर फर्काइएको हो ।

कार्तिक तेस्रो साता चिचिला गाउँपालिकाकी सरस्वती राईलाई खेल्दाखैल्दै श्वास फेर्न गाह्रो हुन थाल्यो । अभिभावकले उनलाई पनि खाँदबारी हस्पिटल ल्याएका थिए । जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी अर्पनालाई चेकजाँच गर्दा सिवियर निमोनिया भएको बाल विशेषज्ञ राईले बताए । त्यसपछि राईले उनलाई तत्काल भर्ना गरेर सघन उपचार कक्षमा राखि उपचार गर्न थाले ।

यस्ता छन् सिवियर निमोनियाका लक्षण

विशेषज्ञ राईका अनुसार सिवियर निमोनिया भएपछि बच्चाहरूलाई श्वासप्रश्वासमा समस्या हुन्छ । यस्तै, कोखा हान्ने गर्यो भने पनि सिवियर निमोनिया भएको हुन सक्छ ।

बच्चाहरू सुस्त हुने, अक्सिजनको कमी हुने हुँदा बच्चाको शरीर निलो देखिन थाल्छ । सिवियर निमोनिया लागेको थाहा हुनासाथ बच्चालाई अस्पताल लगेर विशेषज्ञलाई देखाउनु पर्ने राईको भनाइ छ ।

अस्पताल ढिला आएमा सिवियर निमोनियाको कारण हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाब कम आउने र अन्त्यमा विरामीको मृत्युसमेत हुन सक्ने विशेषज्ञ राईले बताए ।

सरस्वती र अर्पनाका अभिभावकले उनीहरूलाई खाँदबारी अस्पतालमा उपचार हुँदैन कि भन्ने चिन्ता थियो । तर, खाँदबारी अस्पतालले पछिल्लो समय सुरू गरेको सघन उपचार कक्ष र विशेषकक्ष सेवाले यही उपचार सम्भव तुल्यायो ।

उनीहरूको अस्पतालले निःशुल्क उपचार समेत गरिदिएको छ । खाँदबारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार सामाजिक इकाई सेवाबाट आर्थिक अवस्था कमजोर भएकाहरूको लागि सहयोग गर्ने भएको हुनाले उनीहरूलाई अस्पतालले छुट दिएको बताए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  २ : ४६ बजे

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय