कोरोनाको डरले सर्‍यो ‘आरआरआर’ | Khabarhub Khabarhub

कोरोनाको डरले सर्‍यो ‘आरआरआर’


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– निर्देशक एसएस राजामौलीको मेगा बजेटको फिल्म ‘आरआरआर’को रिलिज मिति सरेको छ । यो फिल्म यही जनवरी ७ मा रिलिजको तयारीमा थियो ।

निर्माण पक्षले कोरोना संक्रमणसँगै ओमिक्रोनको संक्रमण दर बढ्दै गएका कारण रिलिज मिति पछाडि सारेको हो । हालसम्म नयाँ मितिको घोषणा गरिएको छैन । यसअघि पनि तमिल, तेलुगू, कन्नड र मलयालमसहित हिन्दी भाषामा रिलिज हुने यो फिल्मको कैयौंपटक रिलिज मिति सरिसकेको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएपछि भारतको कैयौं सहरका थिएटर बन्द गरिएका छन् भने केही सहरमा कफ्र्यू लगाइएको छ । रणवीर सिंह अभिनित फिल्म ‘८३’ले बक्सअफिसमा सोचेभन्दा कम कलेक्सन गरेपछि फिल्मका निर्माताहरु प्रदर्शनका लागि हच्किएका छन् ।

‘आरआरआर’मा राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्टको अभिनय छ । फिल्मले भारत स्वतन्त्रताको पहिलो वर्ष अर्थात् सन् १९५० आसपासको कथा देखाउनेछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ३ : ४२ बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको