कोरोनाको डरले सर्‍यो ‘आरआरआर’ « Khabarhub

कोरोनाको डरले सर्‍यो ‘आरआरआर’


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– निर्देशक एसएस राजामौलीको मेगा बजेटको फिल्म ‘आरआरआर’को रिलिज मिति सरेको छ । यो फिल्म यही जनवरी ७ मा रिलिजको तयारीमा थियो ।

निर्माण पक्षले कोरोना संक्रमणसँगै ओमिक्रोनको संक्रमण दर बढ्दै गएका कारण रिलिज मिति पछाडि सारेको हो । हालसम्म नयाँ मितिको घोषणा गरिएको छैन । यसअघि पनि तमिल, तेलुगू, कन्नड र मलयालमसहित हिन्दी भाषामा रिलिज हुने यो फिल्मको कैयौंपटक रिलिज मिति सरिसकेको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएपछि भारतको कैयौं सहरका थिएटर बन्द गरिएका छन् भने केही सहरमा कफ्र्यू लगाइएको छ । रणवीर सिंह अभिनित फिल्म ‘८३’ले बक्सअफिसमा सोचेभन्दा कम कलेक्सन गरेपछि फिल्मका निर्माताहरु प्रदर्शनका लागि हच्किएका छन् ।

‘आरआरआर’मा राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्टको अभिनय छ । फिल्मले भारत स्वतन्त्रताको पहिलो वर्ष अर्थात् सन् १९५० आसपासको कथा देखाउनेछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ३ : ४२ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा