उजुङवासीको तिर्खा मेटियो, इस्माका २८४ घरमा धारा « Khabarhub

उजुङवासीको तिर्खा मेटियो, इस्माका २८४ घरमा धारा


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको इस्मा गाउँपालिका–१ उजुङमा खानेपानीले खुसी ल्याएको छ । उजुङवासीले लामो समयदेखि खानेपानीको चरम संकट भोगे । भू–भाग नै उच्च भएका कारण खानेपानीका मूल नजिक थिएनन् । घण्टौँ हिडेर पधेँरा र खोला पुग्थे । कैयौाका जीवन पानीको अभाव र पीडामै बिते ।

पानीकै कारण उजुङमा छोरी नदिने कथन गर्ने पाको पुस्ता अझै छन् । सोही गाउँमा अहिले खानेपानी आयोजना निर्माण भएको छ । दुन्दुरखोला–हर्पुकोट लिफ्ट खानोपानी आयोजनाको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरेका थिए । आयोजना उद्घाटन गर्दै नेता विष्टले सबैभन्दा पुरानो चुनावी वाचा पूरा भएकोमा खुसी व्यक्त गरे ।

उनले चुनावप्रचारका क्रममा उजुङमा गाउँका नागरिकले पिउने राखेको धमिलो पानी र महिलाले भोगको पीडाका कारण खानेपानी योजना निर्माणको पहल थालिएको बताए । ‘जमनामा खान खाएर हात धुने पानी थिएन । धमिलो पानीका लागि आमा दिदिबहिनीले शारीरिक तथा मानसिक कष्ट खेपे,’ उनले भने, ‘घर छेउमा पानी आउँदा सबैलाई विगतको दुःख कथा जस्तै भएको छ ।’ यो आयोजनामार्फत दुई सय ८४ घरमा ‘एक घर एक धारा’पुगेको छ ।

यो आयोजना ०७० सालबाट निर्माण सुरु गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुज उपाध्यायले जानकारी दिए । अहिलेसम्म करिब चार करोड खर्च भएको छ । नेपाल सरकारको तीन करोड १६ लाख ४१ हजार र स्थानीय तह र उपभोक्ताको जनश्रमदान ७९ लाख ३६ हजार दुई सय ६१ गरेर कुल तीन करोड ९५ लाख ७७ हजार दुई सय ६६ रुपैयाँ खर्च भएको उपाध्यायले बताए । उनले आयोजना व्यवस्थित बनाएर उपयोग गर्न उपभोक्तालाई सुझाव दिए । प्रविधिले खोलाको पानी डाँडोमा आएकाले निगरानी, सरसफाइ र मर्मतसम्भार नभए समस्या हुने भएकाले राम्रो व्यावस्थापकीय पक्षमा ध्यान दिन उपाध्यायले आग्रह गरे ।

खोलाबाट दुई स्टेपमा पानी तानेर डाँडोमा पुराइएको छ । इन्टेक एक, रिजभ्र्वार एक लाख लिटरको तीन वटा, २० हजार लिटरको दुई गरेर पाँच वटा ट्यांकी निर्माण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयकाका सव–ईन्जिनीयर गौरव भण्डारीले जानकारी दिए । ट्रान्समिसन लाइन १।६४ किमी, वितरण लाइन २२।८८ किमि, पम्प हाउस दुई, सबमरसिवल पम्प र प्यानेल बोर्ड दुई–दुई वटा, ट्रान्समिटर ५० केभीका दुई वटा जडान गरिएको भण्डारीले बताए ।

गाउँपालिकाले घर–घरमा पानीका मिटर वितरण गरेको छ । पानीलाई अझै सर्वसुलभ बनाउने र मर्मत तथा व्यावस्थापनमा स्थानीय तहले सहजीकरण गर्ने इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । घरघरमा पानी पुगेपछि स्थानीय खुसी भएका छन् । स्वभाविक जीवनमा परिवर्तन आएको छ । इस्मा गाउँपालिका–१ हस्तिचौरका टीकाबहादुर कुँवरले कल्पना पनि गरेका थिएनन् । किनकी ७५ बर्षको उमेरसम्म खानेपानी बोकेर खाए । पधेँरा र खोलाका सास्ती र लडाइँ व्यहोरेर घर छेउमा पानी खस्दा जुग फेरिएको महसुस भएको कुँवरले बताए । ‘पुरै बिहान र आधा रात एक गाग्री पानीमा बित्थे । घरमै पानी खसेको देख्ने कल्पना पनि थिएन,’ उनले भने, ‘ढाड पलाएका छन्, मनहरू खुसी छन् । न्यूजकारखाना

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ४ : २९ बजे

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन