वर्षाले आठ करोड मूल्यको इँटा नष्ट « Khabarhub

वर्षाले आठ करोड मूल्यको इँटा नष्ट


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बेमौसमी वर्षाले रुपन्देहीका इट्टा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इट्टा नष्ट भएको छ । लुम्बिनी इट्टा व्यवसायी संघ भैरहवाका अनुसार गत बुधबार आएको वर्षाले रुपन्देहीका ५२ वटा इट्टा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो ।

रुपन्देहीमा ५२ वटा इँटा उद्योगमध्ये हाल ४७ वटा सञ्चालनमा छन् । यी उद्योगमा रहेका तीन करोड २५ लाख गोटा इँटा नष्ट भएको उद्योगीहरूले बताएका छन् । वर्षाका कारणले गलेर इट्टा नष्ट हुँदा अहिले मात्रै आठ करोड रुपैयाँ भन्दा बढीको नोक्सानी इट्टा व्यवसायीहरूलाई भएको प्रारम्भिक अनुमान गरिएको इट्टा व्यवसायी संघ लुम्बिनीका महासचिव अजयकुमार गुप्ताले बताए ।

अहिलेको वर्षाले एउटा भट्टामा कम्तीमा २ लाखदेखि १० लाखसम्म काँचो इट्टा गलेर नोक्सानी भएको उनको भनाई छ । काँचो इट्टाको बिमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको उनले बताए ।

रुपन्देहीमा उत्पादन हुने इट्टाहरू रुपन्देहीका अलावा पाल्पा र स्याङ्जा समेत पुग्ने गरेका छन् । मंसिरदेखि वैशाख सम्म इट्टा उत्पादन हुने समय भएको र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इट्टा गलेर नष्ट भए पनि बजारमा इट्टाको अभाव हुन नदिन आफूहरू लागि परेको संघका महासचिव गुप्ताको भनाई छ । अब नयाँ इँटा उत्पादन हुन एक महिना ढिलाई हुने देखिएको छ ।

बेमौसमी वर्षाका कारण सबैभन्दा बढी दर्लमकाली इट्टा उद्योग धकधईमा नोक्सानी पुर्‍याएको छ । त्यस्तै गरी प्रकाश इट्टा, सिद्धार्थ इट्टा, हिरा इट्टा, एलबी इट्टा लगायतमा धेरै नोक्सानी भएको छ । रुपन्देहीमा सञ्चालित इँटा उद्योगमा करिब १० अर्ब लगानी छ भने आठ हजार बढी मजदुर कार्यरत छन् । न्यूजकारखाना

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ४० बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र