राष्ट्रियसभा निर्वाचनः कर्णालीबाट एकीकृत समाजवादीका प्रस्तावित उम्मेदवार सिफारिस « Khabarhub

राष्ट्रियसभा निर्वाचनः कर्णालीबाट एकीकृत समाजवादीका प्रस्तावित उम्मेदवार सिफारिस


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– राष्ट्रियसभामा रिक्त हुने सदस्य पदका लागि नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेशबाट १६ जना प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपाङ्गता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो ।

पार्टीका कार्यालय सचिव वसन्त विश्वकर्माले पुरुषतर्फ नौ र महिलातर्फ सात जनाको नाम टुङ्गो लगाई केन्द्रमा पठाएको जानकारी दिए। उनका अनुसार उदय बोहरा (सल्यान), कृष्णबहादुर बुढा क्षेत्री (जाजरकोट), टेकबहादुर खाँण (दैलेख), देवीलाल थापा (जुम्ला), बरुनाथ योगी (दैलेख), लोकबहादुर हमाल (हुम्ला), शिवप्रसाद उपाध्याय (सुर्खेत), शेरबहादुर केसी (रुकुमपश्चिम), हंशबहादुर शाही (डोल्पा) लाई सिफारिस गरेको छ ।

त्यस्तै अछामपुरा मल्ल भाम (मुगु), कल्याणी खड्का (रुकुमपश्चिम), कृष्णकला पाण्डे (कालीकोट), रीता रावल (जाजरकोट), लक्ष्मी शर्मा (सुर्खेत), शान्ता शाही (जुम्ला), शारदा परियार (सल्यान) को नाम उम्मेदवारका लागि प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका प्रदेश कार्यालयका सचिव विश्वकर्माले प्रदेश कमिटीले पठाएका नाममध्येबाट पार्टी केन्द्रले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने बताए ।

राष्ट्रियसभामा यसपटक रिक्त हुने १९ मध्ये कर्णाली प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् । कर्णालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका रुकुमपश्चिमका ठकेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिँदैछ । पुरी हाल एकीकृत समाजवादी, बोगटी नेकपा (एमाले) र बुढा नेकपा (माओवादी केन्द्र) मा आवद्ध छन् ।

कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य र १५६ जना स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १९१ मतदाता छन् । आगामी माघ १२ गते वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुनेछ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यलाई निर्वाचन अधिकृत तोकिसकेको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ०० बजे

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन