अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट « Khabarhub

अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि टुंगो लागेको बताइएको छ ।

यस्तै तुर्माखाद गाउँपालिकाका ८, मेल्लेख गाउँपालिकाका ८, रामारोशन गाउँपालिका ७, ढकारी गाउँपालिकाका ६, बान्निगढी जयगढ गाउँपालिकाका ६ र चौरपाटी गाउँपालिकाका ३ वटा वडामा टुंगो लागेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिए ।

बाँकी १४ वडामा प्रतिनिधि छनोट कार्य जारी रहेकाले भोलिसम्म टुंगो लागिसक्ने केसीले बताए । नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशन पुस २३ गते सुरु हुँदैछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ४० बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।