अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट | Khabarhub Khabarhub

अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि टुंगो लागेको बताइएको छ ।

यस्तै तुर्माखाद गाउँपालिकाका ८, मेल्लेख गाउँपालिकाका ८, रामारोशन गाउँपालिका ७, ढकारी गाउँपालिकाका ६, बान्निगढी जयगढ गाउँपालिकाका ६ र चौरपाटी गाउँपालिकाका ३ वटा वडामा टुंगो लागेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिए ।

बाँकी १४ वडामा प्रतिनिधि छनोट कार्य जारी रहेकाले भोलिसम्म टुंगो लागिसक्ने केसीले बताए । नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशन पुस २३ गते सुरु हुँदैछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ४० बजे

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा