आज २०७८ साल माघ १८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७८ साल माघ १८ गते मंगलबारको राशिफल


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? राशिको आधारमा तपाईंको दैनिक फलादेश हेर्नुहोस्–

मेष : आजको दिन त्यत्ति राम्रो छैन। व्यापारमा आम्दानी भन्दा खर्च बढ्नेछ। पठनपाठनमा आलश्यले गर्दा मन लाग्ने छैन। वैदेशिक रोजगारको सम्बन्धमा भने सुधारका पक्ष धेरै भए पनि अवसर अरुले नै लिनसक्छन्। यो विषयमा चनाखो रहनुपर्नेछ।

वृष : दिन राम्रो छ। संघर्ष गरेर मात्र आम्दानी लिने काम गर्नुहोला। छरछिमेकमा रहेका आफ्ना मानिसबाट राम्रो सहयोग लिएर अघि बढेमा सफलता मिल्नेछ। गाडी र कलकारखाना सम्बन्धी काममा हात नहाल्नुहोला। त्यो चिजले घाटामा लानेछ।

मिथुन : आजको दिन व्यापार व्यवसायमा हौसिएर काम नगर्नुहोला। राजनीतिक क्षेत्रमा धेरै राम्रा अवसर छन्। सज्जनसँगको अचानक भेटले मानसिक उत्साह र उमंग हुने योग परेको छ। वैदेशिक मामलामा गरेका कार्यबाट सफलता हात लाग्नेछ।

कर्कट : दिन राम्रो छ। प्रतिस्पर्धा गर्नेहरु आफंै परास्त हुनेछन्। आफूले सोचेका काम सफल पार्न हनुमानजीलाई सम्झना गर्नुहोला। हनुमानको सम्झना गरे थालेका काम पूर्ण हुनेछन्।

सिंह : दिन राम्रो छैन। नयाँ योजना बनाउनु भएको भए एक दिन विश्राम गर्नुहोला। वैदेशिक मामलामा भने अधिंक सफलता हात लाग्नेछ। व्यापार, सामाजिक र राजनीतिक क्षेत्रमा राम्रो हुनेछैन।

कन्या : आजको दिन विद्याको क्षेत्रमा निक्कै राम्रो छ। विद्यालय सम्बन्धी लगानीले उल्लेखनीय उपलब्धि हुनेछ। वादविवाादमा तर्क प्रभावकारी हुनसक्छ। लामो योजना बनाएर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ।

तुला : दिन राम्रो छ। प्रतिस्पर्धीका अगाडि अब्बल देखिनुहुन्छ। रोजगारको क्षेत्रमा राम्रा अवसर छन्। विद्यामा अलमल देखिएकाले सरस्वतीको स्मरण गनुृेहोला। परोपकार गरेर सन्तुष्टी लिने योग परेको छ।

बृश्चिक : दिन राम्रो छ। बिहान उठेर बाबा आमाको दर्शन गर्नु। आमाबुवा नहुनेले स्मरण गरेर काम थालेमा उपलब्धि प्रापत हुने योग छ। वैदेशिक कम्पनीसँगको कार्यले उत्साह बढ्नेछ। राजनीतिक र शैक्षिक क्षेत्रमा लगानी गर्दा सचेत रहनुहोला।

धनु : आजको दिन आर्थिक क्षेत्रमा फाइदा हुने देखिन्छ। व्यापारमा गरेको नाफाको एक प्रतिशत रकम सेवामा लगानी गनर््होला। जसले तपाईंको पदोन्नती हुनेछ। सामाजिक, राजनीतिक र वैदेशिक क्षेत्रमा आंशिक मात्र फल मिल्नेछ।

मकर : दिन राम्रो छ। बोलीमा भन्दा काममा बढी ध्यान दिनुहोला। पहिला बोल्ने कामले हुँदै गरेका काममा बाधा नपुगोस् भनेर शतर्कता अपनाउनुपर्नेछ। अन्य क्षेत्रमा सफलता हात लाग्ने योग देखिन्छ।

कुम्भ : आज धेरै राम्र्रो छ। सबैले प्रशंसा गर्ने काम गर्नुहोस्। तपाईंलाई ग्रहगोचरले साथ दिएका छन्। मित्रले मात्र होइन भाग्यले पनि साथ दिएको छ। बिहान उठेर सूर्य दर्शन गर्नुहोस्। नदेखिए सूर्यतर्फ फर्किएर नमस्कार गर्नुहोस् तपाईंले आँटेका काम सफल हुनेछन्।

मिन : आजको दिन त्यत्ति राम्रो छैन। मनमा लागेका कुरा पहिला प्रकाश नगर्नुहोला। आफ्ना योजनाको फल अरुले लिने भएकाले योजना गोप्य राख्नुहोस्। वैदेशिक व्यापारको लगानी राम्रो हुनेछ।

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : १४ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय