दूधको मूल्य साढे ६ रुपैयाँ बढ्यो « Khabarhub

दूधको मूल्य साढे ६ रुपैयाँ बढ्यो


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा थियो ।

किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार किसानको माग अनुसार दूधको मूल्य सरकारले बढाएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्य नउठेको भन्दै बढाउन दबाब दिएको थियो ।

त्यसपछि गठन भएको अध्ययन समितिको सुझाव अनुसार मन्त्रालयले दूधको मूल्य बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको हो ।

दूधको मूल्य साढे दुई वर्षयता समायोजन भएको थिएन । यसअघि हरेक वर्ष मूल्य समायोजन हुँदै आएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : १० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल